मैयाँ सुवेदीका केही मुक्तकहरू

Maiya, Subedi, Pokhara, मैया सुवेदी, pallawa, पल्लव.Pokhara,,

मैया सुवेदी

कदम कदममा हार भएपछि थाहा भएन म के गरुँ ?
संसार देखि दिक्दार भएपछि थाहा भएन म के गरुँ ?
दुनियाँमा मान्छे सबै ज्ञानि बनुन भन्थ्ये म त
मनभरी कुविचार भएपछि थाहा भएन म के गरुँ ??

सुनेको छु समस्याका हुन्छ स्वरुप भिन्न सानू ।
संघर्षलाई साथै राखे हुन हुन्न खिन्न सानु ।
निस्चल ती आँखाबाट तप्प आँसु झार्यौ भने,
मन धुन्छ आँसुले त समाधान दिन्न सानु ।।

 

म हरेक दिन देश दुखि हुनुको कारण खोजिरहेछु ।
सोचाइ बदल्ने गतिलो एउटा उदाहरण खोजिरहेछु ।
बेचिएका छन् बाढी पीडितहरु हरेक दिन यसरी किन ?
सडेगलेको चिज राहत बाड्नेको निवारण खोजिरहेछु ।।

आज छक्क छु मनको जुन हरायो सानू
हामी नेपालीको तातो खुन हरायो सानू ।
लात पनि यसरी मार्यो स्वाभिमानमा उसले
छिमेकीलाई लाएको सबै गुन हरायो सानू ।।

समय न घाम न जुनले झुक्यायो मलाई
तर आफ्नै साख्यै खुनले झुक्यायो मलाई ।
थाहा छ सोचे जस्तो त बिल्कुल छैन समय
असत्यलार्इ सत्यभन्दै कानुनले झुक्यायो मलाई ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.