गजल

Mira, Meera, Timilsins, Dhara, मीरा तिमिल्सिना ‘धरा’, Pallawa, पल्लव

मीरा तिमिल्सिना ‘धरा’

आफ्नैले धातगर्दा भित्रभित्रै म दुःखेकी छु
स्वागत् गर्न भेटमा नि मनरुँदै जुटेकी छु ।

हातहरु कर्मवीर मल जल गर्न सधैं
लतिका नै काँडा बन्दै घोचेपछि चुकेकी छु ।

देउता सम्झी पुजेकी थेँ पत्थर् पत्थरै बन्यो
देवल देख्दा त्यसैले त मुख छोपी लुकेकी छु ।

 

नौनी थियो,कपास थियो,मलमल थियो मन
खरानी माटो मिसाई लप्देपछि फुटेकी छु ।

मिठो बोली नौनी धोल्दै सिसाहरु मिसे पनि
लुकाउँदै मुटुको घा हित उनकै फुकेकी छु ।।

चितवन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.