आफ्नैले धातगर्दा भित्रभित्रै म दुःखेकी छु
स्वागत् गर्न भेटमा नि मनरुँदै जुटेकी छु ।
हातहरु कर्मवीर मल जल गर्न सधैं
लतिका नै काँडा बन्दै घोचेपछि चुकेकी छु ।
देउता सम्झी पुजेकी थेँ पत्थर् पत्थरै बन्यो
देवल देख्दा त्यसैले त मुख छोपी लुकेकी छु ।
नौनी थियो,कपास थियो,मलमल थियो मन
खरानी माटो मिसाई लप्देपछि फुटेकी छु ।
मिठो बोली नौनी धोल्दै सिसाहरु मिसे पनि
लुकाउँदै मुटुको घा हित उनकै फुकेकी छु ।।
चितवन ।
