राम शर्माका जोर गजल

Spread the love
Ram, Sharma, राम शर्मा, pallawa, पल्लव

राम शर्मा

“गजल”– १,
जस्तो समय त्यस्तै मोड लियो जिन्दगिले
अलग अलग परिभाषा दियो जिन्दगीले।

च्यातिएर धुजा धुजा भाको यो मुटु लाई
जोडगाँस गरि अाँफुले नै सियो जिन्दगिले।

नियतिको जटिलता र संघर्षको भुमरिमा
सपना साकार पार्न खोज्या थियो जिन्दगिले।

 

सोचे जस्तो केही भएन भएजस्तो नसोच्नाले
नसा भन्दा कडा आँसु पियो जिन्दगिले।

लक्ष्य सबै तुहिए पछि भित्र भित्रै तडपिएर
मरि मरि जब्बर जस्ती जियो जिन्दगिले ।

“गजल”– २
जीवन बित्यो साहुको गेटमा भाग्यले नै ढाँटो आमा
जहाँ सुकै बसेपनी प्यारो आफ्नै माटो आमा ।

खेल्दा खेल्दै चोट लागेको मेटिया छैन अझै पनि
पिँढि बाट आगनिमा लोटदा बस्या टाटो आमा ।

पिजा,बर्गर र अनेकथरी हुँदो रहेछ प्रदेशमा
जति थरी खाएपनी मिठो मोई र आटो आमा।

कोदो,मकै, कर्कलो र तरुल पहिला हुन्थ्यो निक्कै
अहिले भने बाँझै होला बारिको त्यो पाटो आमा।

मेरो पेट भोर्दा भोर्दै भोक्कै पनि हुन्थेउ कहिले
तिनै अतीत सम्झी आज यो मन सार्है फाटो आमा ।।

राम शर्मा
प्रवास बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *