१८ अक्षरिय गजल

Aditee, Aryal, Gyawali, अदिती अर्याल ज्ञवाली, pallawa, पल्लव

अदिती अर्याल ज्ञवाली

पहिलो भेटमा अाफैँ समाएको हात बिर्सेको हो र?
बेसरी रुँदारुँदै बिताएको त्यो रात बिर्सेको हो र?

अझैपनि ताजाछन् ती बाचाहरू मेरो मनभित्र;
सजाएका थियौ सपनाका ती खात बिर्सेको हो र?

तिमीबिना एकपल पनि ज्यूँन सक्दिन भन्दैथियौ
अतितमा गरेका तिम्रा ती सबै बात बिर्सेको हो र?

 

नौलो नै थियौ, एक्लो थियौ बिरानो यो शहरभित्र;
यसरी छिट्टै तिमीले आफ्नो औकात बिर्सेको हो र?

खुकुरीको चोटले विक्षिप्त अचानो झैँ भेटेकी हुँ;
निको पारेँ मल्हम लगाई, त्यो घात बिर्सेको हो र??

#अदिति

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *