प्रफुल्लता

Spread the love
Prabha, Acharya, प्रभा आचार्य, pallawa, पल्लव

प्रभा आचार्य

मानविय गुण स्वभाव बेग्लाबेग्लै हुन्छ
तर पनि आवश्यक्ता सबैको मिल्दोजुल्दो हुन्छ
जहाँ जुनसुकै वस्तुमा नयन त्यहाँ परिरहेको हुन्छ
त्यो कुरालाई खोजिरहेको हुन्छ
जुन पाउनका लागि भौंतारिरहेको हुन्छ
चमेली र चम्पाको सुवास मनले खोज्छ
आँखाको नानीमा राख्न पाए हुन्थ्यो भन्छ
असल बन्न हरदम प्रयास गर्छ ।
क्षमता शक्तिलाई प्रर्दशन गर्छ
सहि ठाउँमा ल्याउन धेरै मिहिनेत गर्छ
जब प्रयोग र अभ्यासले बानी पर्छ ।

 

यथार्थता झल्किन खोज्छ
वास्तविकताको पहिचान हुन्छ
सत्यता उदाङ्गिन्छ
न्यायसङ्गत र अकाट्य बन्दै जान्छ
त्यसैको रागमा विलाउन थाल्छ
संरक्षण र सम्बर्धनको बाटो रोज्छ
सम्पन्नता प्राप्ति सँगै सम्पूर्णता हासिल गर्छ
सफलतामा आत्मसन्तोष महशुस गर्दछ
निरन्तर साधनाको प्रतिफलबाट सच्चाई चियाउँछ
लुकेको खुसि मसक्क मस्किदै मुस्कुराउनु पुग्छ
गुलाफी गुलाफको सुगन्ध पाएर–
खुशिकै संसारमा रमाउन थाल्छ ।

Prabha Acharya, प्रभा आचार्य
पेप्सिकोला,काठमाडौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *