मर्यादा . . .

Spread the love
Gorkhe,Sailo,Rishi, prasad, Lamichhane, chitwa, गोर्खे साइँलो , pallawa, पल्लव

गोर्खे साइँलो

माताको पद-वन्दनादि नगरे छोरो कहाँ हुन्छ त्यो ?
बाबाको वदनाम भो यदि भने आजन्म नै रुन्छ त्यो ।
शिक्षाको अपहेलना गर्दछ भने जानेर के लेख्छ त्यो
आफ्नो मार्गतिरै लगाइ कठबार् विद्वान के हुन्छ त्यो ?
.
यात्रामा पदचापका गति भए रोकेर रोकिन्न त्यो
मान्छेमा पनि नम्रता बढिभए गन्तव्यमा पुग्छ त्यो ।
आफ्ना मान्यहरू सबैसँग खिले आफैँ बडो बन्छ त्यो
स्वार्थी आत्म भए उचाइ नपुगी जल्दै सदा रुन्छ त्यो ।।

 

स्वामी जीवनको विचार नगरे नारी कहाँ हुन्छ त्यो
स्वास्नीमा ममता गरेर नरहे स्वामी कहाँ बन्छ त्यो ?
पढ्दा शिक्षकबाट सिक्न परने सिक्दैन क्यै ज्ञान त्यो
आफ्नै धेर घमण्डमा रत रहे शिक्षा कहाँ लिन्छ त्यो ?

आफ्नो नै गुनगानका भजनको खोजी सधैँ गर्छ त्यो
आफ्नै ज्ञान बिना रटेर अरुमा ज्ञानी सरी बन्छ त्यो ?
धेरै आर्जित ज्ञानका विषयमा जानेर जो लेख्छ त्यो
आध्याशक्ति खुदै बनेर सजिलै चुम्नै शिखर् पुग्छ त्यो ।।

गर्ने कर्महरू सबै असल छन् जानेर गर्दैन त्यो
खाली धेर घमण्डमा रगडिए मान्छेकहाँ बन्छ त्यो ?
बोली बोल्छ सधैँ सुवान सबमा धेरै असल् हुन्छ त्यो
राम्रो कर्म गरेर सज्जन भए सर्वोच्चता चुम्छ त्यो ।।

गजलकटेरी, विशालमार्ग, नारायण्गढ, चितवन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *