शान्ति अधकारिका केही मुक्तकहरूः

Shanti, Adhikari, Pokhrel,, शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

बिकृती हो फैलिदैछ शहर सगै गाउमा नी ।
नसोचेको कुरा हुन्छ तपाई हाम्रो ठाँउमा नी ।।
परिवर्तन कहाँ हुन्छ खोक्रा नारा घन्काएर ।
मै हुँ भन्ने घमण्डले पर्ला शिर पाउमा नी ।।

किन दुख्छ होला मेरो घरिघरी मन ।
बग्दा आँशु बनि दिन्छ खोला सरी मन ।।
सक्ने जती गरेकै थेँ आफ्ना अरुलाई ।
सम्झनेले नसम्झदा भयो झरी मन ।।

 

आफ्नैको त्यो गुणगान गर्छौ घरिघरि।
किन होला भ्रम मात्र छर्छौ घरिघरि ।।
जताततै आफ्नै चर्चा खोज्न थाले देखी ।
कोहि अघि जान खोज्दा मर्छौ घरिघरि ।।

मन छ कालो बोल्ने गर्छेउ चिप्लो पाराले ।
त्यसैले त नजिक भन्ने ठान्छन् साराले ।।
आफ्नो अर्को चिन्न सक्ने खुबी नभैदिदाँ ।
अँगाल्ला कि जस्तो लाग्छ ज्यानमाराले ।।

माथि जाने चाहनाले तल झरौली ।
घर न घाट भयौ भने कसो गरौली ।।
मै हुँ जान्ने सुन्ने अनि मै हुँ ठुलो भन्ने ।
घमण्डले भविष्यमा एक्लो परौली ।।

बोल्ने भए राम्रै बोलौँ दुख्ने गरी हैन ।
त्यही बोलिले ठाडो शिर झुक्ने गरी हैन ।।
मान्छेको त्यो मनै त हो कतै दुख्ला भनी ।
थोरै बोलौँ जिन्दगीलाई पुग्ने गरी हैन ।।

बिकृती हो फैलिदैछ शहर सगै गाउमा नी ।
नसोचेको कुरा हुन्छ तपाई हाम्रो ठाँउमा नी ।।
परिवर्तन कहाँ हुन्छ खोक्रा नारा घन्काएर ।
मै हुँ भन्ने घमण्डले पर्ला शिर पाउमा नी ।।

गाँस छैन वास छैन के खानु र दर बरै ।
हेर्दा हेर्दै वाढी आई बगाएथ्यो घर बरै ।।
भोकै रुन्छन् छोराछोरी उता हेर्यो रित्तो भाँडा।
आँशु आफ्नो झरेकै छ पस्दा मनमा डर बरै ।।

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *