गजल

Spread the love
Rajesh, Khotange, राजेश खोटाङ्गे, pallawa, पल्लव

राजेश खोटाङ्गे

चिट्ठी लेख्न छाेडेपछि खाम पनि हेला हुन्छ
शितल जुन देखेपछि घाम पनि हेला हुन्छ ।।

पराइकाे छायाँ प्याराे जब लाग्छ बैगुनी लाई
त्यसपछि त आफन्तकाे नाम पनि हेला हुन्छ ।।

मान्छे पशु बन्छ यहाँ लालच भित्र फँस्न पुगे
ठगी लुटमा रमाउँदा काम पनि हेला हुन्छ ।।

 

लक्ष्मण रेखा पारगरि जब सीता लँका पुग्छिन्
अनि रावण नजिक हुँदा राम पनि हेला हुन्छ ।।

फेसबुकले मठ मन्दिर घर भित्रै ल्याई दिएर
तीर्थ जाने यात्री लाई धाम पनि हेला हुन्छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *