मनमै छ्न

Rama, Bhattarai, रमा भट्टराई, pallawa, पल्लव

रमा भट्टराई

रुन्छु अझै एक्लै तस्बिर तिम्रो हेरिहेरी
आउदै जाँदै दियौ तिमिले घाउ फेरिफेरी
थाम्न सक्दिन आँसु यी केही गरि मैले
के के थियो र गल्ती कुन्न्नी भनेनौ नि तिमिले ।।।।

मेरो देउता भाग्य बिधाता तिमी हौ भन्दै
पिएर नै बसे आँसुहरु तिमी प्राण भन्दै
कतिखेर तिमी त बसाइ सरे छौ नि अन्तै
खोल्छु पुराना बाकसहरुलाई याद छ्न तै।।।।

 

बिजाएन छ तिमिलाइ हिड्यौ छोडी मलाइ
बल्झी रह्न्छ्न घाउहरु तिम्रै याद चलाइ
आइ देउन ए बैगुनी एक चोटि फेरि
के के बाकी छ्न जलाउन जलाउ हेरि ।।।।

पखेटा काटी गयौ अब उडदैन यो मन
डढेलोले खाइसकेछ हेर्दाहेर्दै बन
न छ मन हर्षित मेरो न त छ कुनै उमंग
ढलेको निर्जीव भए छैन कुनै तरंग ।।।।

यात्रा कसैले नदेखुन नभेटुन छ गर्ने मन
लुटेर गयौ तिमीले यौवनका सारा धन
म गरिब भए पछि किन फर्किन्थौ र झन
बाटो कुरि टोलाइ रहेका अझै नयन छ्न ।।।।

२०७४/५/२४
रमा भट्टराई कैलाली

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *