बहरबद्ध गजल

Karki, Sirjana, सिर्जना कार्की, pallawa, पल्लव

सिर्जना कार्की

यो दैव घाउ हाम्रा आला बनाउदैछ
रातो यही रगतको प्याला बनाउदैछ ।

सोच्दै नसोच उसले खादा लगाइदेला
छोडेर लेख्न शायर भाला बनाउदैछ ।

स्याबास भन्छ कोही आएर द्वार भित्रै
कसरी बुझूँ म मनमा बाला बनाउदैछ ।

 

पूजा गरेर पत्थर इश्वर हुँदैन कहिले
मन्दिर भनेर यो बधशाला बनाउदैछ ।

गर्दैछु सिर्जना यो थोरै बनेर भावुक
च्यातेर मन कसैले टाला बनाउदैछ ।

बहर:-मुजारे
@कार्की सिर्जना
बागलुङ

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *