गजल

Spread the love
dr. Ghdr., Ghanashyam, Neupane, Parishramee, डा. घनश्याम न्याैपाने ‘परिश्रमी’ , pallawa, पल्लवanshyam Parasarimi

डा. घनश्याम न्याैपाने ‘परिश्रमी’

बन्दुक समाउँदै छन् बारुद भरेर काेही
छन् ज्ञान दान गर्दै अक्षर छरेर काेही

बाेली मधुर छ जसको, उनलेे अवश्य जित्छन्
पुग्दैन माथि साथी! गाली गरेर काेही

सन्तुष्टि छैन धेरैलाई यो जिन्दगीमा
सुख छैन वारि भन्छन् पारि तरेर काेही

 

हो कल्पना फगत, यै धर्ती हो स्वर्ग नर्क
जाँदैन स्वर्ग पक्कै आखिर मरेर काेही

छन् जाे नजिक बसेका झन् दूर जस्तो लाग्छन्
तिम्रो नजिक छु भन्छन् टाढा सरेर काेही

सुविधा महल छ काहीं सम्पन्नका निमित्त
यै धर्तीमा रुँदै छन् आपत परेर काेही

बहर- मुजारे

Leave a Reply

Your email address will not be published. Required fields are marked *