रथाधिकार

Sirjana, Sharma , सिर्जना शर्मा, pallawa, पल्लव

सिर्जना शर्मा

धेरै भो मनमा विषक्त पिर यो तोडेर फ्याकौँ कहाँ ?
बोलीमा सिमितै हुँदैन कहल्यै च्यातेर हेरौँ यहाँ ।
नारी हुन् जननी डटेर मनमा सन्तानकै खातिर
छातीमा जहिल्यै भरेर ममता सिङ्गार्द छिन् त्यै घर ।।

भोकायो बबुरो भनेर तनमा च्यापेर छाती भरी
बाडेरै ममता सकिन्न उनको मातृत्व नै क्यै गरी ।
नारी पौरुषकै समान घर हो नारा अनर्थै भयो
बोक्सीकै अझ पेचिला बचनले आगो यहाँ सल्कियो ।।

 

घर्को काम सधै गरेर रहदै मातृत्वको भार् लिनेर्
गर्भैमा तुहिँदै छ जीवन भने नारी कसोरी हुने ?
हिंशामा जहिल्यै जले कि जननी हो दाइजोको प्रथा
बुझ्दैनन् कहिल्यै यि मानिसहरू नारीहरूको कथा ।।

आफ्नैले पनि अस्मिता दिनदिनै लुट्दै छ मान्छे खुदै
आमाको मुटुमा छ चोट गहिरो साह्रै सहन्छिन् रुँदै ।
यस्ता तुच्छ दर्रि्रका भर परी माया कहाँ मिल्छ र ?
साह्रै भो अब न्याय खोज्नु छ यहाँ आतङ्क के हन्छ र ?

जुट्नै पर्छ यहाँ मिलेर सबले रक्षार्थ न्याय तिर
नारीको उपहासमा सबजना बाँचेर हेर्र्छौ के र ?
नारीहोस् अथवा कुनै पुरुष नै हो एउटा नै नर
पाङग्रा हुन् रथका दुबै तरफका दौडाउने सुन्दर ।।

छन्दः शार्दूलविक्रीडित
SSS IIS ISI IIS SSI SSI S
सिर्जना शर्मा
रूकुम ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.