बहरबद्ध गजल

Spread the love
gyanendra, bahadur, singh, ज्ञानेन्द्र बहादुर सिंह,pallawa, पल्लव

ज्ञानेन्द्र बहादुर सिंह

आँधी सधैं चल्दछ छैन मेल ।
देखिन्छ चारैतिर आँसु भेल ।।

भागे युवा नै किन आज पारी ।
भन्थेँ बुझेँ बल्ल भएर जेल ।।

राम्रो निकै हुन्छ नि देश भन्थे ।
हावी भयो दुष्ट झनै अचेल ।।

 

मान्छे भए हुन्छ विवेक धेरै ।
तोरी बनायौ अझ धेर पेल ।।

धर्ती छ बाँझो पसिना बिना त्यो ।
खेती भयो गर्नु नि जालझेल ।।

छ्न्द – इन्द्रवज्रा

Leave a Reply

Your email address will not be published. Required fields are marked *