पं. श्रीकृष्णेन्द्र (ईन्द्र) पाँडेका दुइ टुक्रा

Spread the love
 ‎Indra, Pandey‎ , श्रीकृष्णेन्द्र(ईन्द्र) पाँडे , pallawa, पल्लव

श्रीकृष्णेन्द्र(ईन्द्र) पाँडे

१) तराई मेरो पहाड मेरो
तराई मेरो पहाड मेरो
हिमाल मेरो देश् ।
बहुजाती बहु भेष् संस्कृती मेरो
नेपाल मेरो देश् ।।

कोई्लीको गीत छहराको संगीत्
गुञ्जिने मेरो देश् ।
गुँयेली प्याउली गुराँसहरु
फूल्दिने मेरो देश् ।।
छहरा पहरा लहराहरुले ,
मन् छुने मेरो देश् ।
युग् युग देखि स्वर्गै सरिको
मन् धुने मेरो देश् ।।

 

भृकुटी तारा सीताको आँगन्
शुध्द छ मेरो देश् ।
ज्ञानको ज्योती बालेर हिड्ने
बुध्दको मेरो देश् ।।
स्वर्गका तारा भुँईमा झारी
खेलिने मेरो देश् ।
कस्तुरी मृग डाँफेले नाच्ने
रमाई्लो मेरो देश् ।।

नदी र नाला हरियो वन
झल्किने मेरो देश् ।
प्रभाति किरण् हिमाल पर्दा
टल्किने मेरो देश् ।।
मन् मोह पार्ने प्रकृत छटा
फिजाउ्ने मेरो देश् ।
(आँखामा राखी मुटुमा राखी
सजाउने मेरो देश् ।)2

२) नेपाल आमा नरोउ आज
नेपाल आमा नरोउ आज * दशाले तिम्लाई् , घेर्यो भनेर ।
जीउ्दै छन् सपुत् नरोउ आमा * दुष्टले तिम्लाई् , बेर्यो भनेर ।।

नदी र नाला पहाड बेच्दै* संपती ध्वँस्त , गर्यो भनेर ।
कानून् को घेरा पारेर ल्याउँछन् * संझिनु कपूत् , मर्यो भनेर ।।
गुन्यू र चोली बेचेर हिड्दै * अस्मिता तिम्रो , तोड्यो भनेर ।
बन्धन् मा पार्छन् फटाहा जाली * सजाँय दिनु , पर्यो भनेर ।
नेपाल आमा नरोउ आज…

नेपाली गौरव् गाथा थ्यो हाम्रो* बिध्वंस पार्दै , फोड्यो भनेर ।
एक्एक गर्दै हिसाब गर्छन् * आमाको ऋणै , छोड्यो भनेर ।
कपूत सन्तान् भएर आज* बदनाम तिम्लाई , गर्यो भनेर ।
आँसुका धारा धुने सपूत् छन् * संझिनु कपुत् , मर्यो भनेर ।।
नेपाल आमा नरोउ आज…

नेपाल आमा नरोउ तिमी * दुष्टले आँखा , हेर्यो भनेर ।
श्रृङ्गार गर्दै सजाउ्छौं आमा * नरोउ पाप्ले बेर्यो भनेर ।।
कपूत जन्मे स्वधर्म त्याग्ने * नरोउ पराई् , छिर्यो भनेर ।
(मन्दिरै मन्दिर् को देश भन्दै * चिनाउछौं नेपाल् प्यारो भनेर ।।)२
( नेपाल आमा नरोउ आज….३)

अंकुरण- पं. श्रीकृष्णेन्द्र (ईन्द्र) पाँडे

Leave a Reply

Your email address will not be published. Required fields are marked *