सुमन सनम घिमिरेका केही टुक्रा

Spread the love
Suman, Saman, Ghimire, सुमन सनम घिमिरे , pallawa, पल्लव

सुमन सनम घिमिरे

बिना कारण आँसु झार्नु पर्दैन भन्दिय
अनि तिम्ले कहिले हार्नु पर्दैन भन्दिय
बाचुन्जेल खुट्टा तान्ने ती आफन्त हरूले
अब म मर्दा नुन बार्नु पर्दैन भन्दिय ।।

दुईदिने प्रेमकोलागि जन्मौको प्रेम छोड्नेहरू
अशक्त आमाबुबा छोडी बाटो अन्तै मोड्नेहरू
आफुलार्इ खुबै नै बिद्वान सम्झनेहरू यहाँ
आमृतको आस गर्दै बिष विरूवा गोड्नेहरू ।।

 

ओठमा हल्का मुस्कान सङ्गै सान दिएन
हासेरै माग्दा पनि आज दान दिएन
अल्छि भएछ अचेल त्यो ईश्वर पनि
दिनरात ध्यानगर्दा नि अझै बरदान दिएन ।।

सत्य कुरा तपाईं लाई खास लाग्दैन
पैस भन्दा अरुको बिश्वास लाग्दैन
प्रेमी अनि प्रेमिका भएपछि त झन
जन्म दिने आमाको पनि आस लाग्दैन ।।

सानो मान्छे ठुलो कुरा गरे जस्तो लाग्ला
साच्चै चोट मलाई मात्र परे जस्तो लाग्ला
मानव हौ मानव बाट दानव हुदैछौ
पशुको बलि दिइ पारी तरेँ जस्तो लाग्ला ।।

भावना याहा किन सबैभन्दा सस्तो छ
त्यस्तै जिवनी पनि खै कस्तो कस्तो छ
यो माय पनि बढी अजिबको हुदोरहेछ
नत साच्चै हासे जस्तो नत रोय जस्तो छ ।।

सुर्यले केहि गर्दैन अनि ताराले केही गर्दैन
काम नगरी गरिएको नाराले केहि गर्दैन
तपाईं हामीले अब भोट् नदिदा हुन्छ
देश बेच्ने यस्ता हात्याराले केही गर्दैन ।।

सुमन सनम घिमिरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *