गजल

sisha, tharu, Hindu, सिसा थारु हिन्दु , pallawa, पल्लव

सिसा थारु हिन्दु

एक्लै हुँदा सफरमा, देखिन्छ याद राख्नु
छोटो छ, जिन्दगानी, मासिन्छ याद राख्नु

हिंड्दा कदम कदममा,ठोकिन्छ याद राख्नु
सोचेर मात्र गोडा, चालिन्छ याद राख्नु

आफ्नै सहर मेरा यी, सम्झिन्छ दु:ख जस्ले
ऊ संग जिन्दगानी, काँटिन्छ याद राख्नु

 

साच्चै झुठो खबरको, चर्चा जतासुकै थ्यो
नानाथरी खबर जो ,छापिन्छ याद राख्नु

पागल भनेर के भो, उसले अचे,ल मलाई
पक्कै कुनै समयमा, सम्झिन्छ याद राख्नु

नेता भएर अाफै, दिन्छौ धमास ब्यर्थ
बिम्झे समाज अागो, झोसिन्छ याद राख्नु

सिसा चौधरी
झापा।

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *