अर्जुन बिसी “अन्जान”का चार मुक्तक

Arjun, Bc,Anjan, अर्जुन बिसी "अन्जान", pallawa, पल्लव

अर्जुन बिसी “अन्जान”

म जिन्दगी को अन्तिम सफर मा भेटिन सक्छु।
समवेदना पत्रीका को खबर मा भेटिन सक्छु।।
मलाइ अन्तिम बिदाइ गर्न आउछौ भने प्रीय।
फुल अबिर सहित नदिको बगर मा भेटिन सक्छु।।

आज भोलि एक्लै एक्लै रुने बनायौ।
यी आँसु ले आँखा हरु धुने बनायौ।।
गयौ तिमी मलाइ भुल्ने बहाना गरेर।
चाहाना नभएरै पराइ को हुने बनायौ।।

 

बन्द चिठी राखिएको एउटा खाम भेटियो।
भित्र कोरिएका अक्षर हरु तमाम भेटियो।।
चकित हुँदै चिठी खोले अनि पढ्दै गए।
आइ लभ सङ्गै जोडिएको मेरो नाम भेटियो।।

यो दशै मा घर आउनु है दाजु।
मेरो लागि मोबाइल ल्याउनु है दाजु।।
बा आमा बसेका छन बाटो हेरेर।
खुसी बोकि घर तिर छाउनु है दाजु।।

अर्जुन बिसी “अन्जान”
डोटी

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *