सुमन सनम घिमिरेका भानात्मक टुक्राहरूः

Spread the love
Suman, Saman, Ghimire, सुमन सनम घिमिरे , pallawa, पल्लव

सुमन सनम घिमिरे

बोल्ने मात्र हैन अब कामको खाचो छ
ती गरिब जनतालाइ मामको खाचो छ

नेपाल आमा लुट्ने लुटेरा धेरै भए याहा
यो आमाको इज्जत बचाउने रामको खाचो छ

गरिबको खुन चुशी मोज गर्नेहरु देखेको छु
फेरि देश लुटेर छिमेकीलाई भोज गर्ने देखेको छु

 

राम्रो लाई त टिक्नै दिदैन्न याहा
सप्तकोसी बेच्ने दलालको खोज गर्ने देखेको छु

जाहा अति सुन्दर छहरा र छाल भेटिन्छ
उकालो हिड्दा हिड्दै जाहा हिमाल भेटिन्छ

तिमी आज सानो छ भन्दै एट्लसमा हेर्छौ
मन भित्र हेर्नेगर ठूलो नेपाल भेटिन्छ

मलाई यस्तो रोगी बनाउने उसैको याद हो
माया नै मायाको भोगी बनाउने उसैको याद हो

मान्छेहरु कसरी कबि भन्छन् मायामा
बास्तबमा मलाई जोगि बनाउने उसैको याद हो

यक्लै बस्नु नै सबैभन्दा जाती हुन्छ
सबै लुटि बाटो कस्ने नै मिल्ने साथी हुन्छ

प्रेमको परिभाषा मैले दिनु पर्दा याहा
प्रेम भनेकै बास्तबमा बिश्वास घाती हुन्छ

गजल
जब सम्म मेरो यो शरीरमा सास रहन्छ
तब सम्म यो दिलमा तिम्रो बास रहन्छ

मन्छेको मनैत हो बदलिन समय लाग्दैन j
त्यसैलेत तिमी आउछौ भन्ने आस रहन्छ

म मर्छु होला तर यो मेरो मन मर्दैन
तिमिले दिएर गयको चोट्को आभास रहन्छ

हो म तिमी प्रती सधैं आभारी थिए
त्यसैले त यो मुटु तिम्रो दास रहन्छ

तिमी सधैं धनको कुरा गर्छेउ नि
मर्ने बेलामा तिम्रो साथी हरियो बाँस रहन्छ

मुक्तकीय टुक्राहरू
सक्नु हुन्छ भने आबोध प्राणीको रक्षा गरौ
सक्नु हुन्न देवीको मन्दिरमा बलीदिन छाडौ ।

हामीलार्इ खुशी तिनलाई दु:ख हुनु हुदैन दशैमा
कुनै अबोध प्राणीको हत्यागरि छुनु हुदैन दशैमा ।
यदि साच्चै देवीलार्इ नै मान्छौ भने मानव हो
कुनै प्रणीका नि आमको मन रुनु हुदैन दशैमा ।।

सत्रुहरू सबै–सबैको नास होस दशैमा
घर-घरमा दुर्गाको बास होस दशैमा ।
कोही पनि भोको नाङ्गो बस्नु नपरोस्
गरिब दुखिको मुखमा गाँस होस दशैमा ।

कसैलाई केही कुरा सिकाउन सकु
हो अनि त्यही कुरा टिकाउन सकु ।
सबैको देख्छु आँखा छ्ली व्यापार गरेको
सबैभन्दा फरक पाराले बिकाउन सकु ।

धारालाई सोध अनि कुवालाइ सोध
पनि नपाई मरेको त्यो बटुवा लाई सोध ।
छोराछोरी हुर्काउन कति कठिन हुन्छ
दु:ख लुकाइ मुस्कुराउने बुबालाई सोध ।।

सुमन सनम घिमिरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *