पल्लव साहित्यिक पत्रिका २२ औँ अङ्क: सङ्क्षिप्त सर्वेक्षण

Purna, prasad, Adhikari, पूर्णप्रसाद अधिकारी, pallawa, पल्लव

पूर्णप्रसाद अधिकारी

१. पल्लवप्रतिको अभिमतशीर्षक
मानव सभ्यताको मिर्मिरे प्रहरदेखि नै मान्छे र उसको चेतनाको सम्बन्ध साहित्यसँग जोडिएको छ । हाम्रा ऋषिमुनिहरूद्वारा रचित पुराण उपनिषद, अपौरुमेयवेद सबैमा कहीँ न कहीँ साहित्य मुखरित भएको छ । विज्ञानको विकास र प्रविधिको आविष्कारसँगै छापाखानाको क्रमबद्ध स्वरूपका बीच इन्टरनेटको उपयोगले संसार अति नजिक भएको छ । साहित्यलाई माया गर्ने, स्रष्टाको सम्मान गर्ने क्रम पौराणिक कालदेखि कुनै न कुनै रूपमा प्राचीन कालदेखि आजसम्म हुँदै आएको छ ।

 

आफ्नो अकूत सम्पत्तिको उपभोगबाट मानव समाजको उन्नतिमा योगदान पुर्‍याउने पाँच विषयका स्रष्टाहरूमध्ये अल्फ्रेड नोबेलले साहित्यलाई अग्रपङ्क्तिमा राखेका थिए । साहित्यको सम्मान, स्रष्टाको सम्मानको कुरा गर्दा व्यक्ति तथा राज्य दुवै स्तरमा हुँदै आएको अवस्था छ । मानवीय कल्याणका विविध कार्यहरूमा करोडौँ डलर खर्च गर्ने प्रसिद्ध अरबपति विलगेट्सदेखि संसारमा धेरै व्यक्तित्व छन् । नेपालमा अरबौँका पूँजीपति भए पनि साहित्य र स्रष्टाको उन्नति र प्रगतिमा केही अपवाद छोडेर धेरैको ध्यान पुगेको देखिँदैन । राज्यतः पक्षपाती नै छ । राम्रो स्रष्टाभन्दा हाम्रो स्रष्टा नाम, काम भनेर लक्ष्मण केरिएको स्थिति दुवै पक्षबाट भएको छ । चितवनको कुरा गर्दा – लगभग ३ दर्जन साहित्य र कलासँग सम्बद्ध संस्थाहरू छन् । केही संस्थाहरू आफ्नो र आफ्ना पर्ूवजको नामबाट सङ्घसंस्था स्थापना भएका छन् । सम्मान र पुरस्कारको व्यवस्थापन पनि भएको अवस्था छ । त्यसै व्यवस्थामध्ये मदन पुरस्कार तथा पद्ममश्री चितवन र काठमाडौँ द्रव्यराशिका दृष्टिले तुल्य-तुल्य छन् । यस्तै उपक्रमहरूका बीच पल्लव साहित्य विविध पत्रिका र पल्लव साहित्य प्रतिष्ठानले अपवादलाई छोडेर देशभित्रका विविध जिल्ला र देशबाहिर भारतका विभिन्न राज्यका स्रष्टाहरूलाई प्रत्येक वर्षभाद्र १० गतेका दिन निकै तामझामका साथ साहित्यको कुम्भमेला नै आयोजना गर्ने आयोजक गोर्खे साइँलो र पल्लव परिवार आफैँमा नमुना छन् । सत्तरी/असी जनाको समूह बाहिरबाट बोलाएर खाना, आवास र यातायातको व्यवस्था मिलाउनु कम चुनौतीपूर्ण होइन । अनेकौँ समस्या र कर्महीन व्यक्तिहरूका अगाडि कर्मशील साहित्य सिर्जनाकर्मी र धर्मी बनेर स्रष्टाहरू र साहित्यको पूजा गर्ने कार्य पङ्क्तिकारले बुझेसम्म २०५७ देखि हुँदै आएको छ । यस्तो यात्रा मौसमी नभई निरन्तर चलिरहोस्, यो शुभकामना छ । चितवनको साहित्यिक र गैरसाहित्यिक व्यक्तिहरू आर्थिक दृष्टिले अरबौँका मालिक छन् तर भाषा, सभ्यता, साहित्य, संस्कृतिको प्रगति र उन्नतिमा ती कथित मानिसहरूको ध्यानदृष्टि पुगेको छैन । यसैबीच पल्लव साहित्य विविध पत्रिका र पल्लव साहित्य प्रतिष्ठानले अन्धकारमा जूनकीरीको काम गरेको छ । यस्तो पुनित कार्यमा पनि कुरा काट्ने र खुट्टा तान्ने दुशासनहरूका बीच युधिष्ठिर बन्नु आफैँमा कर्मशीलताको नमुना हो । यो यात्रा निरन्तर, जीवन्त बन्दै जाओस् भन्ने कामना गर्दछु ।

२. ‘पल्लव २२’ अङ्कको सतही अवलोकन
पल्लवको प्रथम अङ्क कथा अङ्कका रूपमा आएको थियो । सीताराम कोइरालाले मलाई ल्याएर दिएपछि त्यसको समीक्षा गरेर त्यो लेख प्रकाशन पनि भयो । पल्लवको प्रारम्भिक यात्रा अत्यन्तै चुनौतीपूर्ण थियो । गोर्खे साइँलाको हातमा परेपछि यसले गतिशील तथा समसामयिक बन्ने अवसर पायो । यसका २२ वटा अङ्कहरूमध्ये विविध विशेषाङ्कहरूमा यो मौलायो । सर्न्दर्भ २२ औँ अङ्क भएका कारण त्यसकै मर्ूत स्वरूप र विषय सामग्रीहरूलाई सतही रूपबाट चिरफार गर्ने प्रयास पङ्क्तिकारको छ ।

३. ‘पल्लव साहित्यिक पत्रिका’ साहित्य विविध … २२
आवरण पृष्ठबाहेकका २०८ पृष्ठको सङ्ख्या अन्तराष्ट्रियस्तरको, ७० ग्रामको कागज, राम्रो टङ्कण, सुन्दर मुद्रण, आकर्ष एवम् स्तरीय विवरण यसका उपलब्धी हुन् । अग्रभागमा पल्लवको लोगो र पृष्ठभागमा गोर्खेद्वारा लिखित गजलदर्शन पुस्तकको विज्ञापन मुख्य छन् । यस संस्थासँगै जोडिएका दिवंगत ३ व्यक्तित्वका समवेदनात्मक श्रद्धाञ्जलिका विवरणबाहेक यसभित्र कुनै व्यावसायिक विज्ञापन छैनन् । चर्चित पङ्क्ति र चर्चित व्यक्तिका दृष्टान्तसहित सम्पूर्ण विवरण यो संस्थासँगै मात्र आबद्ध छन् । छोटो, मीठो र समसामयिक सम्पादकीय मननयोग्य छ भने २०७३ सालमा यस संस्थाले गरेका २४ वटा श्वेतश्याम चित्रसहितका झलकहरू विद्यमान छन् । गुदीहरू … भनेर आठवटा स्तम्भ राखिएका छन् । खोज-अनुसन्धानमा ३ वटा लेख समीक्षा/समालोचनामा, ४ कविता/गजल, मुक्तक (४१), निबन्ध/संस्मरण नियात्रा ५, कथा/लघुकथा २, अन्तर्वार्ता १, साहित्यिक गतिविधि ११, पत्र/प्रतिक्रिया गरी विविध विविध सामग्रीका भण्डारका रूपमा यसलाई लिइएको छ । विनोदीको ७ श्लोके कवितामा नदी सभ्यता र सौर्न्दर्यको आकर्ष प्रस्तुति छ भने आमोदीको गजलमा मान्छेका क्रूरताको विवरण छ । यस्तै गायत्री श्रेष्ठका कवितामा लोकलयको गीतिकवितामा नयाँ वर्षो अवसर रचनात्मक सौर्न्दर्यको कामना छ । उपेन्द्र पागलको गजलमा प्रणय र अनुरागको मीठासमय प्रस्तुति छ । हुसेन खाँको डायरीभित्र लहरिँदा शीर्षकका गोर्खेले खोज-अनुसन्धानअन्तर्गत बहर निर्माण पद्धतिसँग जोडिएका गजलका शेरको शायरीमा के-कस्ता नियम हुन्छन् भन्ने प्रक्रियाको विवरणका रूपमा तीन मूल शीर्षक, अनेकौँ उपशीर्षक, जिहाफातका चार तालिकाले गजलको सूत्रलाई बुझने अवसर प्रदान गरेको छ । १९ पृष्ठको आयतन ओगटेको यस आलेखमा गजलका सूत्रहरूको विश्लेषण राम्रोसँग गरिएको छ । ठाउँ-ठाउँमा उनको चर्चित उद्धरण, आत्मालापका पङ्क्तिहरू आएका छन् । युसुफदिन मियाको कौवाली, गीता अधिकारीको गजल र हरि कट्टेलको कवितामा क्रमशः प्रणयर्,र् इश्वरीय चिन्तन र देशभक्तिको भावना मुखरित भएको छ । स्नातक तहमा गजल शिक्षणका समस्या र समाधान मूल शीर्षकमा केन्द्रित हुने डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ को यो कार्यपत्रले पल्लव पत्रिकाको १५ पृष्ठको आयतन ओगटेको छ भने १३ वटा उपशीर्षकहरूमा गजलको शिक्षण समस्यालाई कसरी समाधानमुखी बनाउन सकिन्छ भन्ने कुराको सन्देश प्रवाह गर्नुमा यो आलेख केन्द्रित छ । गणेश कौडिन्यको कवितामा नारानघाटको तीर्थजनित सौन्दर्य र जीविका खतिवडाको गजलमा सांस्कृतिक विसङ्गतिको निवारण हुनुपर्ने माग राखिएको छ । केदार खनालको संस्मरण छोटो र रचनामूलक छ, बेलायती भारतीय र साउथहलको सौर्न्दर्यचित्रण छ । विश्वप्रेम अधिकारीको प्रकृतिपरक कविता, शङ्कर सुवेदीको कवितामा प्रजातन्त्रको नाममा भएको लुटतन्त्र, प्रभाकर पण्डितको गजलमा अतीतका पीडादायी संवेदनासँगै जयदेव गोविन्दको कवितामा देशप्रतिको चिन्तन, चासो र स्रष्टा जागरणलाई महत्त्व दिइएको छ । कविराज पौडेलको छन्दको उत्पत्ति, महत्त्व, विकास र वर्तमान अवस्था शीर्षकको लेखले २८ पृष्ठ ओगटेको पत्रिकाभित्र सबैभन्दा लामो लेख पनि यही नै हो । छन्दको सम्पूर्ण सभ्यतामाथिको विश्लेषण यसमा गरिएको छ, जसका अनेकौँ उपशीर्षकहरू पनि छन् । यसभित्र छन्दको उत्पत्ति, महत्त्व, वैदिक छन्दका भेदोयभेद, यसका लक्षण र उपकरण, छन्द शास्त्रका प्राचीन आचार्य र उनीहरूका कार्य, लौकिक छन्दको सम्पूर्ण विवरणका क्रममा मात्रिक र वाणिर्क छन्दहरूमा वर्णविवरणसँगै ७० वटा छन्द र तिनको मुख्य मर्म साथै समकालीन र विश्वव्यापी महत्त्वमाथि पनि प्रकाश पारिएको छ । यो सामग्री पत्रिकाभित्रकै उत्कृष्ट रचना सामग्री बन्न पुगेको प्रतीत हुन्छ । दीपक सोतीको नारी बहुमत कवितामा लोकलयमा आधारित छ, जसभित्र नारीको अतिवादी व्यवहारको चित्रण छ । हरिकृष्ण काफ्लेको मुक्तकमय कविता २४ पङ्क्तिको छ, जसभित्र गरिबीको व्यापक र बहुआयामिक स्वरूपमाथि प्रकाश पारिएको देखिन्छ । डा. धनपति कोइरालाको निबन्धमा आफू कमजोर हुँदाका मनोदशा र अन्यले आफूमाथि गरेका व्यवहारको चित्रण छ । श्याम न्यौपानेको कवितामा छिमेकी देशको अतिक्रमण र हाम्रो पलायनवादी मनोवृत्तिको चित्रण छ । देवराज खरेलको मुक्तकमा आफूले देशका लागि केही गर्न पाएहुन्थ्यो भन्ने राष्ट्रवादी भावनाको बीजारोपण भएको छ । प्रेमविनोद नन्दनको अन्तर्वार्तामा प्रा.डा. नारायणप्रसाद खनालद्वारा २८ वटा प्रश्नहरूको प्रश्नोत्तर भएको छ । उनले स्रष्टाको सुविधाभन्दा साधनालाई महत्त्व दिएका छन् । स्रष्टाहरूको साहित्यिक उन्नयनमा आफ्नो योगदान के रहृयो भन्ने कुरा चपाएर अन्तर्वार्ताकारले नन्दनलाई आवश्यकताभन्दा बढी महत्त्व दिएको प्रतीत हुन्छ । निर्मल ढुङ्गानाको मुक्तकहरूमा हामीहरू अपमानित हुँदै गएको दृश्यचित्रलाई प्रतिबिम्बित गराइएको छ । छविकिरण ओलीको छन्देली कविता बीस पङ्क्तिका संरचनामा छ । नेपालीहरूमा देशलाई देख्ने, पहिचान गर्ने र राष्ट्रवादी भावनाको मनन गर्ने कुराको अभाव छ भन्ने चिन्तन छ भने भगवती पाण्डेको कविताभित्र सिर्जनात्मक चेत उच्च रहेको छ । श्रीराम श्रेष्ठको अनुभूतिपरक संस्मरण संवेदनाले भरिपूर्ण छ किनभने सम्झनामा रोचक अनुभूतिको राम्रो प्रस्तुति छ । हरिहर सविताको कवितामा मित्रतापूर्ण ……. अवसानबाट उत्पन्न वेदनाको छन्देली कवितामा राम्रो प्रस्तुति भएको छ । यस्तै सीताराम कोइरालाको कथामा धर्तीमातको प्रेरणाजन्य अनुरागको स्मृतिपरक चित्रण भएको छ । रामकृष्ण गजुरेलको कविता मार्मिक छ, सांसारिक विषम वासनाबाट मुक्त भई आत्माको पहिचान गर्न सक्नुपर्छ भन्ने सन्देश छ भने माइल्दाइ न्यौपानेको कवितामा परजीवी प्रवृत्तिमा विश्वास गर्ने मानव चरित्रलाई नङ्ग्याइएको छ । प्रा. कपिल अज्ञातको नियात्रामा निजी अनुभवको साथ सहकारी आय-व्ययका औचित्य र उपयोगिता माथि पनि प्रकाश पार्नुमा यो आलेख केन्द्रित छ । असफल गौतम, उर्मिला कार्की, यश नेवा, भवानी न्यौपाने, सोम निरौलाका गजल र कविताहरूमा सङ्र्घष्ा, प्रेम, प्रणयको भ्रम, स्रष्टा सम्मान र माटोको ममताका बीच मर्मस्पर्शी अनुभूतिहरू अभिव्यक्त भएका छन् । धनेश्वर भट्टर्राईले डण्डपाणी सिग्देलको अमेरिका यात्रासँग सम्बन्धित पुस्तकको समालोचना गरेका छन् । चेतन कार्कीको गीतमय कवितामा नेपालमाथि भइरहेका विविधतापूर्व आक्रमणहरूप्रति सचेत गराइएको छ भने राधा पाण्डेको कथामा नेपाली समाजमा विद्यमान वैवाहिक चरित्रको हतास प्रवृत्ति र मनोवृत्तिको चित्रण छ । विष्णु तिवारी ‘उषा’ को कवितामा युवाहरूको उन्मत्त बैँसबाट मानसिक प्रताडना भोग्ने नारीको मार्मिक चित्रण छ । त्यस्तै लकासको कवितामा काव्य आराधनाको चित्रण छ भने शङ्कर सुवेदी ‘उत्स’ को समीक्षामा ‘माधवआनी’ खण्डकाव्यलाई कुनै उपशीर्षक नदिई समग्र विषयको गम्भीरतापूर्वक चित्रण तथा विश्लेषण गरिएको छ । मिलन समीरको गद्यकवितामा युगीन चिन्तनको स्वर छ भने सञ्जयकुमारको हिन्दी गजलमा प्रेम र अनुरागलाई निष्ठापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता छ । सदानन्द अभागीको ‘भिजेका अक्षर’ खण्डकाव्यको विवेचना गर्दा र्सगअनुसारको विषयसामग्रीमाथि प्रकाश पारिएको छ । लीला सिलवालको ‘गाईजात्रा’ शीर्षकमा नेपाली जात्राहरूको विसङ्गतजन्य चरित्रमाथि प्रकाश पारिएको छ । सिर्जना शर्माको नियात्राले पत्रिकाको १२ पृष्ठ ओगटेका छन्, मुसिकोट, खलङ्गादेखि भारतको बस्तीसम्मको यात्रावृत्तान्तको संस्मरण रोचक एवम् रागात्मक छ । महानन्द ढकालको कवितामा आमालाई छोराले कसरी बुझ्नुपर्दछ भन्ने सन्देश दिँदै आमालाई श्रद्धासुमन व्यक्त गरिएको छ । प्रशान्त रिमालको कविता सुन्दर बालकविता हो, जसमा राष्ट्रप्रेमका भावनाहरू जुर्मुराएका छन् । राधा रेग्मीको नारी कविताभित्र नारीवादी भावनाको सौन्दर्यपरक चिन्तनको बीजारोपण भएको छ । त्यस्तै अरुण नदी खत्रीले भवानी न्यौपानको ‘भावनाका बिम्बहरू’ कवितासङ्ग्रहको छोटो समीक्षा गरेका छन् । मीरा तिमिल्सिना र सुमित्राका गजलमा पीडाजन्य रुवाइका वेदनाको सपाट चित्रण छ भने ‘साहित्यिक गतिविधिहरू’ स्तम्भमा पल्लव साहित्य प्रतिष्ठान चितवन – कार्यक्रम सम्पन्न भनेर २०७३ भाद्र १० गतेका दिन भएगरेका कार्यहरूको विवरण छ भने, पल्लव साहित्य प्रतिष्ठानका ४ स्रष्टाहरूलाई २०७३ भाद्र २४ का दिन ओखलढुङ्गामा सम्मानित गरिदाको विवरण पनि छ । यस्तै २०७३ आश्विन ८ गते पल्लवका चारजना आजीवन सदस्यहरूलाई राष्ट्रिय नागरिक सम्मान दिएको रहेछ । ‘राष्ट्रिय नागरिक विकास समाज तथा शान्ति विकास अभियान’ नामक संस्थाले सम्मानित व्यक्तित्वको के-कस्तो सम्मान गरिएको थियो सो को विवरण छ । यसैगरी गोर्खेसहित पल्लवका ४ जना र अन्य २०३ जनालाई सत्यमोहन जोशी शताब्दी पदक तथा प्रशस्तिपत्रद्वारा अभिनन्दन वितरण, सो समारोहमा भएका कृतिहरूको लोकार्पण, पोखराथोक साहित्य सङ्गम पाल्पामा गोर्खे साइँलाको प्रमुख आतिथ्यमा सञ्चालित वृहत् छन्दोत्सव, गोर्खे साइँलोसहित पल्लव साहित्य प्रतिष्ठान चितवनका ६ जनालाई अन्तराष्ट्रिय साहित्य सम्मान, धौलागिरी साहित्य प्रतिष्ठानबाट बम सरस्वती स्मृति पुरस्कार २०७४ गोर्खे साइँलोलाई, पल्लवका दर्ुइ स्रष्टा भारतको लखनऊमा सम्मानित एवम् पुरस्कृत, शीर्षकहरूमा भएगरेका कार्यक्रमहरूको विरण छ भने पत्र/प्रतिक्रियामा के.बी. राणा, तीनसुकिया असमबाट पठाइएको पाण्डुलिपिमा केन्द्रित चिठी छ । प्रसङ्ग आफ्नैभित्र, पल्लव साहित्य प्रतिष्ठानको कार्य समिति, सल्लाहकारहरू, संस्थाका आजीवन संरक्षक सदस्य, विशिष्ट सदस्य, आजीवन मानार्थ सदस्यहरूको विवरणका साथ यो संस्थाबाट प्रदान गरिएका १७ प्रकारका सम्मान तथा पुरस्कारको विवरण छ भने ६५ जना आजीवन सदस्यहरूको नाम र सर्म्पर्क नम्बरसँगै यस संस्थाबाट हालसम्म विभिन्न विधाका ५८ जनाका पुस्तकहरूको विवरणसँगै २०७४ मा प्रदान गरिएको ११ प्रकारका सम्मान एवम् पुरस्कारको विवरण छ । अन्त्यमा यस संस्थाका दुर्इजना दिवङ्गत आजीवन सदस्यका प्रति सचित्र हार्दिक श्रद्धाञ्जली विवरण रहेको छ ।

४. समापन
साहित्यको सिर्जना र सम्मान गर्ने प्रत्येक वर्षो वर्षाऋतुको अविरल वर्षाजस्तै स्रष्टाहरूको जमघटमय वर्षाले रोमाञ्चकारी वातावरण देखापर्दछ । यस्तो कार्यक्रमका बीच रमाउनेहरू र प्रतिशोधको ज्वाला ओकल्ने प्रतिगामी पनि यो समाजमा उत्तिकै छन् । स्वार्थरहित भावनाबाट उत्प्रेरित भई गरेका सुकर्महरू आफैमा पुण्यदायी त हुन्छन् नै पारमार्थिक चिन्तनका दृष्टिले पनि मननयोग्य रहन्छन् । चितवनका कुनचाहिँ साहित्यिक संस्थाले यति ठूलो साहित्यिक कुम्भमेलाको आयोजना गरेको छ त – उत्तर कसैसँग पनि छैन । अन्य कुनैले नगरेको काम गर्नु वा नसकेको कर्म गर्नु नै व्यक्तिको महानता हो । त्यस्ता युगपुरुषहरू यस माटोमा जन्मिइरहून् र साहित्यिक सोपानको मार्गचित्र निरन्तर उज्ज्वल हुन सकोस्, यही शुभकामना छ । अस्तु ।
२०७४।५।२१
चितवन

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *