‘मेरी आमा’

Maiya, Subedi, Pokhara, मैया सुवेदी, pallawa, पल्लव.Pokhara,,

मैया सुवेदी

‘मेरी आमा’
संसारकी महान
तर उनलाई आज
जीवनले पिडा दिएको छ
तिमीलाई लागेको छ दु:साध्य रोग
अर्बुद त्यसैसगँ लडेका छन्
तिम्रा हरेक रक्तकोषहरु।
जीवन हुदो रहेछ अचम्मको
सन्तानको लागि जीवन
बाच्दै गर्दा
चन्द्र्माको शितलता
तिम्रो भागमा पर्यो वा परेन!
तिम्रो आङमा न्यानो घाम
कहिल्यै लाग्यो वा लागेन!
कस्तो अचम्म !

 


निस्वार्थ फल दिने बटबृक्ष
हौ तिमी
जिन्दगीका अध्यारा कन्दराबाट
सम्भावनाको बाटो पहिल्याउदै
आफ्नै जीवन उत्सर्ग गर्ने
ममताकि खानी हुन मेरी आमा।
आज आवाज दिन नसके पनि
मनभरी चाहना छ
केवल मेरा सन्तान खुला
आकाशमा लिन सकुन् सास
दौडन सकुन् विकसित आँगनमा
हिंड्न् सकुन् शक्तिपुर्बक चौडा सडकमा
जहाँ कुनै रोकथुन बिना
जीवन ज्योतिमय होस् ।
आज तिम्रो सास धरापमा
परेको बेला इतिहास पढ्न
छैन मन मलाई
मनको संयम र धैर्य टुटेको बेला
संसारबाट बिदा दिन बिल्कुलै मन छैन
तर यो क्षण तिम्रो छ्ट्पटी
एकमुठी स्वासको लागि
तिम्रो संघर्ष आँसुको भेल बनिरहेको छ।
एकपटक यो भन्न मन छ
यदि अर्को जन्म हुनेरहेछ भने
फेरि मलाई तिमै कोखमा
बाँस बस्न मन छ
जन्मिन मन छ
मेरी आमाकी छोरी बनेर।

२०७४ भदौ 20 पोखरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.