सु–स्वागतम्

Mira, Meera, Timilsins, Dhara, मीरा तिमिल्सिना ‘धरा’, Pallawa, पल्लव

मीरा तिमिल्सिना ‘धरा’

कहीँ दूर बाटै भएको सवारी
गरेँ स्वागतै, स्वागतै प्रेमधारी ।
गरेँ वन्दना यो सवारी सबैमा
झुकाएर माथा सबैका पदैमा ।।

छ बर्षा र खोला लडेको छ पैह्रो
नमानेर कष्टै सबै पूर्ण भैगो ।
छबाटो नराम्रो सही दुख्ख धन्य
छ सम्मान मेरो सबै मान्य मान्य ।।

 

उकाली पहाडी अझै भीर पाखा
छ बाटो टुटेको बनी दूर आशा ।
उपस्थित् भएका सबै मान्य हाम्रो
उदाएर आफैँ भएको छ राम्रो ।।

बढाएर आस्था सबै मान्य स्रष्टा
म गर्दैछु स्वागत् दिँदै शब्द गुच्छा ।
अझै भेट होला फिरे साल अर्को
यहीआस हाम्रो छ संस्था पुरैको ।।

यही नै छ संस्था सबैसाथ रम्ने
सधैँ पल्लवै होस माया बटुल्ने ।
सबै मान्य हाम्रा उपस्थित् हरूमा
चढाएर गुच्छा, सबैका मनैमा ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.