र पनि उज्यालो दिन उदाउने छ

Maiya, Subedi, Pokhara, मैया सुवेदी, pallawa, पल्लव

मैया सुवेदी

यौटा दिन
साँच्चै दिन हुन सकेन
हिजो साझँ अस्ताएको घाम
आज उस्तै बनेर उदाउनु पर्ने
न प्रभात, न मध्यान्ह नत सन्ध्या
हरेक बिहानी फरक भइदिन्छ आजकल
त्यही छट्पटीमा बाँचेको छ ऊ
भोलिको प्रर्खाइमा ।
सायद समय
नदीको दुई किनार जस्तै बनेको छ
साथ छ तर बेमेल छ
कठिन जीवनको दौरानमा
बिना नदीको किनार
र किनार बिनाको नदी जस्तै ।

 


यिनै बिचारपथमा
जीवनका हरेक मोडले सिकाउँदो रहेछ पाठ
म आजकाल
त्यही पाठ पढ्न तल्लिन छु
जीवनलाई छाम्दै गर्दा ब्रेललिपी जस्तै
गन्तव्यका रेखाहरु टेडामेडा भान हुन्छन्
यिनै उतार चढावमा आजकल
सत्यहरु झुट
झुठहरु सत्य बन्न थालेका छन् ।
निलो आकाश
निमग्न, निर्धक्क र निसङ्कोच यो घर्ती
मेरीआमा जस्तै महान छ
तर पनि उसलाई
यो छाङ्गा, झरनाहरुको निरन्तरता
उसलाई पटक्कै मन पर्दैन आजकल
त्यसै त्यसै बिचलित छ ऊ
सगरमाथाको शिखर चुम्ने
आँटिलो मनमा भुकम्प पालेर बसेको छ ऊ ।
आज हठात मनको दैलो
हावाले भत्काएर गएछ उसको
परेवाका जोडीहरु बस्ने दलिन
बनेका छन् आवाज बिहिन
आकाशमा मडारिएको बादलले
खुशीका फुलहरु छर्दै छरेनन्
उज्यालो ओढेर दिन निदाउने गर्छ
रातमा अँध्यारो बाल्छ ऊ ।
जीवनमा जति विघ्नबाधाँ सहेर पनि
भोलिका दिन मेरा सन्तानका लागि
घाम उदाउनु पर्छ खुशी बोकेर
हावा चल्नु पर्छ परिवर्तन सगै
मौनताको सिमा तोड्दै
बाडिनु पर्छ आँगनका पिडाहरु
यस्तै वेदना,गुनासा थकाइ र तिर्खाहरु
बन्नुपर्छ साझा
अविश्वासहरु बिश्वासले मेटिनु पर्छ
हुनुपर्छ केवल बिजय सत्यको
त्यो दिन यौटा दिन बनेर उदाउनु पर्छ
केवल सबैको साझा दिन ।

२०७४ भदौ २ ,पोखरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.