सुमन सनम घिमिरेका केही मुक्तकहरूः

Spread the love
Suman, Saman, Ghimire, सुमन सनम घिमिरे , pallawa, पल्लव

सुमन सनम घिमिरे

तिम्रो लागि गरगहना मगाउन सक्तिन
तिम्लाइ मात्र पनि सघाउन सक्तिन
मलाई माफ गर बाबु आमको इज्जत गुमाएर
यो तिजमा तिम्लाइ भगाउन सक्तिन

पिर नलिनु साच्चै यसपालि धाउने मन छ
यो तिजमा तिम्लाइ आफ्नो बनाउने मन छ
तिमी भन्दै थियौनि के लिइ आउने
सिन्दुर सङ्गै पोते लिएर आउने मन छ

 

कुनै दिन कसैलाई यस्तो पनि भान हुनेछ
मेरो मायाको पनि ठुल्लै सम्मान हुनेछ
तिमी भन्दै थियौनि मलाई माया गर्न आउदैन
हेर कान्छी मेरो मायाको किताब ताना तानहुनेछ

म पापी हु या धर्मी तपाईं लाई थाहा होला
य मेरा सहकर्मी तपाईं लाई थाहा होला
यस्तो त्रासको जिन्दगी भोगेको छु मैले
तराईको गर्मी तपाई लाई थाहा होला

यो दुनियाँ देखेर अनि यो सन्सार देखेर
म लाई वाक्क लाग्छ मेरो देशको सरकार देखेर
मलाई मेरा मित्रहरूले भाग्यमानी भन्थे
अमरसिह बलभद्र जस्ता सहिदको बलिदान देखेर

म पापी हु या धर्मी तपाईं लाई थाहा होला
य मेरा सहकर्मी तपाईं लाई थाहा होला
यस्तो त्रासको जिन्दगी भोगेको छु मैले
तराईको गर्मी तपाई लाई थाहा होला

यक्लै बस्नु नै सबैभन्दा जाती हुन्छ
सबै लुटि बाटो कस्ने नै मिल्ने साथी हुन्छ
प्रेमको परिभाषा मैले दिनु पर्दा याहा
प्रेम भनेकै बास्तबमा बिश्वास घाती हुन्छ

कोहि नेता नेपाल लाई अमेरिका बनाउने थिए
सबै नेता याहा यस्तै भाषण बनाउने थिए
आज त्यही ठाउँ बाट राम्रो आएको रासन
पीडित सम्म आउँदा किन गह्नाउने थिए

बिचारा पीडित लाई खोली तार्न नसक्दा
आफू मर्ने डरले तिनलाइ छाड्न नसक्दा
हिजो राबण मर्यो भनी खुशी हुनु बेकार छ
जनता लुट्ने यत्रा राबण मार्न न सक्दा

Leave a Reply

Your email address will not be published. Required fields are marked *