“मलाई मृत्युदण दिनुहोस्”

Spread the love
D., B. Ksrki, Byanjan, डि.बि. कार्की ‘ब्यञ्जन’, pallawa, पल्लव

डि.बि. कार्की ‘ब्यञ्जन’

सुनको बिस्तरा
छिमेकीलाई दान गरेर
फलामको सिरानी
चोर्न हिँड्नु पर्ने देशमा
म बाँच्न चाहान्न
मलाई मृत्युदण्ड दिनुहोस्

गगन चुम्ने हिमालको
काखमा हराभरा स्वर्ग
जस्तो तराईको फाँट
छोडेर खुशी खोज्न
अरबको मरुभूमि
पुग्नु पर्ने यस्तो देशमा
म बाँच्न चाहान्न –

 


मलाई मृत्युदण्ड दिनुहोस्

खोलाको छेउमा उस्को खेत
बगर बनेको छ –२-२-२-२
मेरो घरमाथिको मुलको
पानीले भारत
हरियाली बनेको छ ।
अझै अन्धकार छन सारा बस्तिहरु
मेरो देशको पानीले भारत
झिलिमिली बनेको—-२-२-२
यस्तो अन्धकार देशमा
म बाँच्न चाहान्न
मलाई मृत्युदण्ड दिनुहोस्

मेरो देशको झार लगेर
दबाई बनाएर मलाई नै बेच्छ उस्ले
आयुर्वेदको बगैंचामा बसेर
उपचार नहुँदै मर्नुपर्छ यहाँ

मेरो हर मेहनत र
अरबको पसिनाले उस्को
त्यहाँ महल बनेको छ
सहरमा उस्को महल बन्दा
म कर्णालिमा कुरुप बनेको छु
र पनि उस्ले चिन्दैन मलाई
यस्तो आफ्नाले आफ्ना नचिन्ने
देशमा म बाँच्न चाहान्न
मलाई मृत्युदण्ड दिनुहोस्

म्यानपावरमा राहदानीको
भर्ती खुलेको छ
लाखौं घुस दिएर भर्ती लाग्नेहरु
आज खाडीमा बेचिएका छ
आफ्नै बुद्धि र आफ्नै
पैसाले बेचिनु पर्ने देशमा
म बाँच्न चाहान्न
मलाई मृत्युदण्ड दिनुहोस्

हिरा,मोति,सुन,चाँदी,तामा
कुहिएको छ मेरो देशमा
एउटा फलामको सियो
लिन चीन पुग्नुपर्ने देशमा
म बाँच्न चाहान्न
मलाई मृत्युदण्ड दिनुहोस्

जंग बहादुरले गाडेको
वीर इतिहासमा सिमानाका
सिमाकिल्ला खाँबा चोरेर
मलाई नै हेप्छ उस्ले
बिन्ती माफ गर्नुहोस् मलाई
म हेपिएर बाँच्न चाहान्न
मलाई मृत्यदण्ड दिनुहोस्

डि.बि. कार्की ब्यञ्जन
उदयपुर ताम्लिछा– ४
हाल काठ्माडौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *