“देशको घाउ”

Spread the love
Krishna Pyashi, Butbal, कृष्ण भुसाल ‘प्यासी’, pallawa , पल्लव

कृष्ण भुसाल ‘प्यासी’

(झ्याउरे लय)
आशाको दीप बाढीको झोक्का आएर निभायो
बाँच्न भो गाह्रो भोगेर पीडा प्रकृति रुवायो
दुखेर छाती गर्जेर माथी ईन्द्र जी उदाए
सत्ता र निति तकिया राखी नेता जी निदाए ।

मरेको आश गड्ने त्यो भूमि भेटेन लासले
छ हेर्ने दैव म भन्दा माथी भनौं के आशले?
भरिन्छ गह शोकले आज प्रकृति देखेर
लुटिईन् आमा सन्तान बाटै विश्वास गरेर ।

 

न घर बस्ती न वस्तुभाऊ न हेर्ने कोहि भो
स्वर्ग झैं घर मेटाई छाड्यो प्रकृति द्रोही हो
मुर्छान पर्दा जनता आज शोकमा को उठ्यो?
ले मेरो मधेस् भन्ने त्यो फोस्रो कहाँ छ कपुतो ?

छिमेकी पर्‍यो निर्दयी प्राणी दु:खमा गर्जिन्छ
देशको चावी शासक वर्ग त्यसैमा सुम्पिन्छ
जुटौं हे युवा अति भो अब नबोली भएन
सर्-कार लाटो बहिरा हामी अस्तित्व रहेन ।

विपत्ति संग लडेर बाँच्न ती हाम्रा भाइ हुन्
तराई पहाड् हिमाली आज रोएन आँखा कुन्
लौ सबै जुटौं घाउमा सक्दो लागाऊँ मल्हम
छल्किए गह रोकिए शब्द बिसाएं कलम ।।

कृष्ण भुसाल प्यासी
बुटवल १७ रुपन्देही
३० श्रावण २०७४
ओमान मस्कट, वेव

Leave a Reply

Your email address will not be published. Required fields are marked *