गजल

Yagya, Pokharel, यज्ञ पोखरेल, pallawa, पल्लव

यज्ञ पोखरेल

आकाशको जुन र तिमी उस्तै उस्तै हो
सारङगिको धुन र तिमी उस्तै उस्तै हो!!

उझाडयो जिन्दगीमा बहारबनि आयौ
छापावाला सुन र तिमी उस्तै उस्तै हो!!

फिक्का अनि खल्लो यो मेरो जिवनमा
स्वाद दिने नुन र तिमी उस्तै उस्तै हो!!

 

एक्लै भौतारिइ छट्पटी बसेको बेलामा
लगाएको गुन र तिमी उस्तै उस्तै हो!!

जाडोले कठ्याङग्री ढलेको शरीरमा
न्यानो दिने ऊन र तिमी उस्तै उस्तै हो !!

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *