गजल

Spread the love
Hemraj, Dhungana, Hemraj Dhungana, उबििबधब, kNNj

हेमराज ढुङ्गाना

चौतारीमा पर्खी बस्छु, तिमी पनि आउने भए ।
छमछमी नाचिदिन्छु, तिमी गीत गाउने भए ।।

जिन्दगीका हरेक मोडमा, सहयात्री चाहिन्छ नै ।
छाँया बनी रौ’ला तिम्रो, साथ सधैं पाउने भए ।।

तन मन सबै सुम्पी दिन्छु, विश्वास लाग्छ भने ।
सयौं सयौं जुनी काट्ने, साँचो माया लाउने भए ।।

 

संघर्ष र चुनौतीलार्इ सधैँ भरी पार गर्दै ।
सबै दु:ख सकिएर, हाँसो–खुशी छाउने भए ।।

सहज हुन्छ पक्कै पनि, साथ हाम्रो एकै हुँदा ।
उकाली र ओरालीमा सँगै जीवन धाउने भए ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *