गम बयम्बु मगरका जोर गजल

Gam, Bayambu, Magar, गम बयम्बु मगर , pallawa, पल्लव

गम बयम्बु मगर

गजल– १,
मायाँ मायाँको घमासान प्रेमयुद्ध हुँदैथ्यो
कस्ले जित्ने भनेर मायाँहरू क्रुद्ध हुँदैथ्यो

कस्को मायाँ कस्ले फसाउनेको लडाईँमा
रणभुमी भने भावनात्मक विसुद्ध हुँदैथ्यो

नशालु ती नजरको तीरले नजरैमा ठोकी
तन मन सहज तर बोली अवरुद्ध हुँदैथ्यो

 

आस्त्र बिनाको लडाईँ भावनाले हार जीत
आहा! गहिरो प्रणायको भाव शुद्ध हुँदैथ्यो

हारेनी प्राप्ती हुने अनौठो शर्तको प्रेमयु्द्ध
हारेरै सन्तोष मिल्छ भनी’गम’बुद्ध हुँदैथ्यो

गजल– २,
भन्ञ्याङ्ग को एक्लो बर लाई सोधेँ
भत्किएर चुहिरहेको घर लाई सोधेँ ।

तड्पाई के हो? पीडा के हो,मर्म के ?
धेरै चोटी चुँडिएको रहर लाई सोधेँ ।

विछोडको चोट मुटु नै चिरिनु रहेछ
प्रेममा धोका खाको नर लाई सोधेँ ।

सहि नसक्नु हुन्छ रे मुटुको जलन
आगोले जलिरहेको खर लाई सोधेँ ।

विश्वास र सम्बन्ध के रहेछ बुझेँछु।
आपसमा बाँधिएका भर लाई सोधेँ ।

प्यार,आफ्नोत्वको भाव बढाउँछ रे
सिन्दुर लाउँदै फेरिने थर लाई सोधेँ ।।

– गम बयम्बु मगर
१७ साउन २०७४

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *