जेलवाली

Sumitra, Neupane,  सुमित्रा न्यौपाने, pallawa, पल्लव

सुमित्रा न्यौपाने

यस पटकको अन्तरवार्ता अविस्मरणीय भयो । २० वर्षो पत्रकारिताको यो पहिलो अनुभव थियो । भेरी अञ्चल अस्पताल नेपालगञ्जमा थिएँ । आफन्तको उपचार हुँदै थियो । योजना थिएन कसैसँग अन्तरवार्ता लिने । तर अकस्मात भैदियो सबै । एक युवती अस्पताल भित्र पसिन् । अघिपछि सुरक्षाकर्मी थिए । गोरो वर्ण मध्यम उचाइकी । हात सुडौल बिना चुराका । अनुहारमा चमकता बिना मेकअपको । शरीर चिटिक्क बिना तडकभडक । निडर र नीर्भिक । आजसम्म मैले देखेका सुन्दर नारीहरुमा सायद यिनी पहिलो नम्बरमा पर्थिन् । तर बिडम्बना दुबै हातमा हत्कडी थिए ।

 


उनका हातको हत्कडी मेरै हातमा भए जस्तो लाग्यो । म आत्तिएँ । हात हेरें । पसिनाहरु छुट्न थालेका थिए । सम्हालिन खोजें । आफै कैदी भए जस्तो । किन भयो यस्तो – मलाई थाह थिएन । कैदीका रुपमा देखिन लायक थिइनन् उनी । यस्तो सुन्दर मान्छेको मन कसरी कुरुप बन्न पुग्यो – एक पटक सिरदेखि पाउसम्म हेरें । पश्चातापको संकेत पटक्कै थिएन । बाटिएको कपालबाट कताकती रौंका त्यान्द्रा अनुहार तिर झरेका थिए । कति राम्री देखाएका ती रौंले पनि । सबैका नजरहरु उनीतिरै थिए । जसरी मेरा नजरहरु उनीबाट हट्न मानेका थिएनन् ।
उनी अस्पतालको क्याविन नं ५ मा पसिन् । सँगसँगै आएका प्रहरी भित्र पसे । जेलर बाहिर बेन्चमा बसे । कारागारबाट नियमित चेकजाँचकमा ल्याइएकी रहिछन् । हत्याको केशमा दुइ वर्षेखि नेपालगञ्ज कारागारमा रहिछन् उनी । मेरो राम्रो चिनजान थियो जेलर सित । उनको बारेमा सोधें । उनले सहजै भने ‘रोशनजी उनैलाई सोध्नुस् न ।’ ‘त्यसो भए अन्तरवार्ता लिन्छु नि त ।’ प्रस्ताव राखें मैले । एकाएक योजना बनाएं । ‘कैदीसित अन्तरवार्ता -‘ लिन मिल्ने र नमिल्नेमा हिच्किचाएका थिए उनी । ‘कति वर्षो सजाय तोकिएको छ -‘ ‘बिस वर्षो ।’ ‘ए जेल सजाय तोकीसकेको भए केही फरक पर्दैन ।’ मैले सहजै भनिदिएँ । जेलरलाई त मनाएँ तर उनी मान्ने हुन् कि होइनन् – मलाई जसरी पनि अन्तरवार्ता लिनु थियो । यति सुन्दर युवतीले कसरी यस्तो कुकर्म गरिन् ? रहस्य पत्ता लगाउनु थियो । धेरै पटक धेरै थरिका कैदीहरु भेटेको छु । हत्याको केशमा यति सुन्दर युवती कहिल्यै भेटिन ।
उनी बाहिर आइन् । जेलरले उनीसित एकै छिन कुरा गरे । अन्तरवार्ताका लागि तयार भइन् । भेरी अस्पतालको परिसर सधैं भिडभाड हुन्थ्यो । बगैंचाको बीचमा बिरामीका कुरुवाहरुको भीड थियो । हामी एक छेउमा बस्ने भयौं । हातमा हत्कडी समाएका प्रहरी पनि हामी सँगै आए ।
परिचयबाट सुरु भयो हाम्रो कुराकानी । कत्ति पनि संकोच थिएन उनीमा । सोधेका प्रश्नको जवाफ सजिलै दिइन् । पढेलेखेकी रहिछन् । बोलीमा कुनै हिच्किचाहट थिएन । ‘मैले हत्या गरिन् अन्जानवस् गल्ती गरें ।’ हत्यारा किन बन्नुभयो – भन्ने प्रश्नको जवाफ यसरी दिइन् उनले । वार्तालाप जारी थियो । उनी गम्भीर बन्दै थिइन् ।
‘जानेर गल्ती गरेकी होइन । परिस्थितिले मलाई त्यही गर्न लगायो । अहिले न पछुतो छ न गुनासो नै । पुजन र म मिल्ने साथी । सानैदेखिका । एकै स्कुलमा पढेका । हाम्रो केटाकेटीमै माया प्रेम बस्यो । परिवारको सहमतिमा बिहे पनि गरियो । हामी मिलेका जोडी थियौं । साथीहरुले हाम्रो जोडीलाई नमुना मान्थे । खुशी थियो परिवारमा । छोरा जन्मिसकेको थियो । खाने मुख थपिदैं थिए । बिना पैसा परिवार चलाउन गाहृो थियो । पढाइ धेरै गर्न सकेनन् पुजनले पनि । त्यसैले आम्दानीका बाटाहरु खोज्दै थिए ।
इपिएस कोटाबाट कोरिया जानेको भीड बढिरहेको थियो । राम्रो आम्दानीको बाटो थियो कोरिया । थोरै सिटका लागि हजारौं मानिसहरु लाइनमा हुन्थे । सरकारी कोटा भएकोले जाने खर्च पनि धेरै नलाग्ने । त्यसैले उनी पनि त्यतै तिर मोडिए । कोरियन भाषा परीक्षा उत्रिर्ण गरे । केही समय हामी छुटि्टने समझदारी बन्यो । पुजन कोरियातिर हानिए । म घरमै बसें । फोन सर्म्पर्क भइरहन्थ्यो ।
दिन बित्दै थिए । छोरा हुर्किदैं थियो । एकदिन राति मैले भयानक सपना देखें । पुजनले हिंस्रक बनेर मलाई झम्टिए । हातमा लामो तरवार थियो । गर्दन छिनाल्ने कोशिष गर्दै थिए । छोराले ब्युँझाइदियो । म पसिनाले निथु्रक्कै थिएँ । टाउको भारी आयो । छटपटी बढ्यो । शरीर लत्रिए जस्तै भयो । रातिको समय । के हल्ला गर्नु – आमा पल्लो कोठामा हुनुहुन्थ्यो । कसैलाई उठाइन । त्यो रात बत्ती बालेरै सुतें । बिहान उठेपछि घरमा कुरा गरें ।
‘देउता रिसाएपछि यस्तै हुन्छ । देउताले पुजनलाई दुत बनाएर पठाए जस्तो छ । घरमा पूजा लगाउनु पर्‍यो ।’ मेरो वैचनी देखेर आमाले भन्नुभयो । छिमेकीले पनि यस्तै सल्लाह दिएको हुनुपर्छ आमालाई । बाबुलाई नभन भन्नुभयो । मैले बिहानै सुनाइसकेकी थिएँ । पण्डितलाई बोलाएर कुरा गर्नुभयो । पूजा गर्ने निधो भयो । पण्डित कै भनाइ अनुरुप कुलदेवतालाई खुशी पार्ने काम भयो । विधि विधानपर्ूवक पूजा सम्पन्न भयो ।
मैले डरलाग्दा सपना देख्न छोडेकी थिइन । डाक्टरसँग पनि सर्म्पर्क गरें । कोहलपुर मेडिकल कलेजबाट शुरु भएको मेरो यात्रा नर्सिङ होम, भेरी हुँदै लखनऊ सम्म पुगेको थियो । तर डाक्टरको औषधिले पटक्कै छोएन । मनले धेरै कुरा सोंच्न थालेको थियो । भूतप्रेत खेल्न थालेका थिए मनमा । अनेक किसिमका शंका उपशंका उब्जिन थालेका थिए । मेरा कुराले पुजन चिन्तित थिए । चारवर्षो अवधिमा निकै पैसा कमाइसकेका थिए । जग्गा जमिन जोडिएको थियो । बैंक ब्यालेन्स पनि राम्रै थियो । एकवर्षअझै बाँकी थियो । म भने निकै चिन्तित थिएँ । उनी छिटो घर आउन् भन्ने चाहन्थें ।
‘लामो समयसम्म लोग्नेसँग छु्टिएको हुनाले समस्या देखिएको’ भन्नेहरु पनि भेटिए । दुर्इ वर्षा मात्र एकपटक आएका थिए उनी । आमाले पुजनलाई ‘काम छोडर नआऊ, भेट गरेर जाने गरी आऊ’ भनेर बोलाउनु भयो । एक महिनाको बिदा लिएर पुजन घर आए । मेरो रुप रंग परिवर्तन भइरहेको थियो । मेरो कामुकता र उत्ताउलोपन डरमा परिणत हुँदै थियो । जे आवाज आए पनि डराउथें म । कहिलेकाहीं त सानो छोरा देख्दा पनि तर्सिन्थें । पुजन आएपछि ठिक हुने सपना बुनेकी थिएँ । उनले सम्झाउँदा ढुक्क हुन्थें । पुजन आए । भ्ाएभरको माया खन्याए । ममा कुनै असर देखिएन । यो पटक पुजनको मायाले जितेन । आफ्नो कुरामा जिद्दी गर्थें । कसैको कुरा मान्न तयार नै हुन्नथें म ।
घरायसी कारणले हो कि भन्ने परेछ क्यारे पुजनलाई । मलाई लिएर काठमाडौं गए । उपचारसँगै एक महिना घुमफिरमा बिताउन चाहन्थे उनी । डाक्टरलाई देखाए । कुनै रोग देखिएन यसपटक पनि । मलाई भने घरै र्फकन हतार भैरहन्थ्यो । अचम्मको बेचैनी । एक तमासको छटपटी । के के नपुगेजस्तो । के के बढी भए जस्तो । आफ्नो छायामाथि पनि भरोसा नरहने । जिद्दी गरेर छिटै घर फर्किएँ । वास्तु अनुसार सुत्ने कोठा नभएर हो कि ? भन्ने सोंचेर आमाले कोठा परिर्वतन गरिदिनुभयो । पूजा कोठामा सुत्न थालें । भगवानको नजिक अलि आनन्द हुन्छ भन्ने थियो । कुकाठ परेर हो कि भन्ने शँकाले पलङ्ग फेरियो । नयाँ पलङ्ग र बिस्ताराहरु आए मेरो कोठामा । पूर्वपटि्ट सिरानी पारेर सुत्न थालें । तर मलाई बीसबाट उन्नाइस भएको थिएन ।
बाबुले मेरो संगत गर्नै छोडिसकेको थियो । मामा घर गएर बसेको थियो । कहिलेकाहीं पुजनले लिएर आउँथे । रात पर्न नपाउँदै गइहाल्थ्यो ।
धामी झांक्री लगाउने काम चलिरहेको थियो । बाँके बर्दियाका धामी झांक्री ज्योतिष सबै सकिएका थिए । परेवा उडाउने र बोका काट्ने काम पनि पटक पटक भयो ।
अचानक शरीरमा अनौठो शक्ति प्रवेश गरेजस्तो लागिरहेको थियो । घर परिवार मेरो कुरा मान्न तयार थिएनन् । सियो जस्तो आकारको बस्तु खुट्टाबाट प्रवेश गर्दथ्यो । क्रमशः अंग प्रत्यंग सुम्सुम्याउँदै टाउकोसम्म पुग्थ्यो । अनि टाउको बेस्सरी अठ्याउँथ्यो । म हलचल गर्न सक्दिनथें । रिंगटा लागेर आउँथ्यो । मुख मत्मताउँथ्यो । आँखा वरिपरि कालो बादल मडारिन्थ्यो । आँखाका ज्योति नै गुम्ने जस्तो गरी झिलिकमिलिक गराउँथ्यो । मेरा परेला बटारिन्थे र फरफराउँथे । अनि आँखा एकोहोरो हुन्थे ।
नाकका पोरा फुल्थे । कान पटपटी बज्थे । कर्कश आवाज सुनिन्थ्यो । खुट्टा बजार्दै दौडिन चाहान्थें म । तर शरीर हल्लिदैनथ्यो । जहाँको त्यहीँ स्थीर भैरहन्थे किला गाडेजस्तै गरी । खै के ले अठ्याउँथ्यो के ले – पेट भत्भती पोल्थ्यो । शरीरका नशाहरुबाट करेन्ट प्रवाह हुन्थ्यो । एक किसिमको तरंग फैलिन्थ्यो । रगत सबै सुकेर आगोमा परिणत भएजस्तै लाग्थ्यो । शरीरको मासु मासु रहँदैनथ्यो । माटोको थुप्रो जस्तो समतल र स्थीर । अझै स्थीर । हातका औंला बटारिन्थे । विभाजित हुन्थे औलाहरु यत्रतत्र । कुनै कतापटि्ट मोडिन्थे त कुनै कता पटि्ट । हातका दशवटा औंलामा फरक फरक खालको कम्पन पैदा हुन्थ्यो ।
जिब्रो भित्र खिचिन्थ्यो । बोल्नै नसकिने गरी अड्किन्थ्यो । दाँतहरु कट्कटिन्थे । जोडिन्थे तलमाथि । थुक भरिन्थ्यो मुखभरी । लामो धर्को बनेर र्‍याल बग्न थाल्थ्यो । हातका नङहरु नीला आकारमा परिणत हुन्थे । हस्तरेखाहरु सबै मेटिन्थे र फरक फरक खालका आकृति देखिन्थे । खुट्टामा नागवेली आकार बनेर सल्बलाउँथे तलदेखि माथिसम्म । जोडजोडले बग्ने पानीको बहाव जस्तै गरी र पोल्थ्यो भत्भती । बाँउडिन्थे खुट्टा फरक्क र बटारिन्थ्यो पुरै शरीर पनि । घरको वरिपरि बिराला र कुकुरको जमात दौडिन्थे । कराउँदै, रुँदै र चिच्चाउँदै । घरभित्रै पस्न चाहन्थे उनीहरु । तर खै किन सक्दैनथे –
आँखा अगाडिका दृष्यहरु नाच्न थाल्थे । पुरै पृथ्वी कम्पायमान भैदिन्थ्यो । बोट विरुवा नुँगेर भुँइ छुन खोज्थे । घरहरु हल्लिन्थे पल्टिने जस्तै गरी । तर उठ्थे आफै । आँखा अगाडि तेस्रो ध्रुव नाचेजस्तो लाग्थ्यो । भोक लागेको महसुस हुन्थ्यो तर थुक निल्न सक्दिनथें । सकेसम्मको सामर्थ्य निकालेर चिच्याउथें म । सायदै त्यतिबेलै मुर्छित हुन्थें । ब्युझिंदा निन्द्रा र तन्द्राबाट झस्के जस्तै हुन्थ्यो । सबै शरीर उस्तै हुन्थ्यो । आफूलाई छिटो छिटो हेर्थें तलदेखि माथिसम्म । सकुशल पाएर दंग पर्थें । पुजनको काखमा टाउको हुन्थ्यो मेरो । उनको अनुहारभरि निराशा र आँशु ।
‘तिमीले माया नै गर्दिनौ – ममाथि विश्वास नै छैन – तिमीलाई केही हुन दिन्न ।’ सम्झाएँदै भन्थे पुजनले । आफूले देखेको कालो यथार्थ पत्याइसक्नुको थिएन । प्रायः यही प्रक्रिया दोहोरिन थाल्यो । सबै कुराहरु उस्तै गरी क्रमशः हुँदै जान्थ्यो । मूर्छित अवस्थामा पुजनको काखमा आफूलाई पाउँथे हरेक पटक ।
धेरै अस्पतालको औषधि खुवाइयो । तर सबै कुरा यथावत थिए । मलाई पागल भई भन्न थालिसकेका थिए छिमेकीहरुले । कसैले बोक्सी सिक्न नसकेको भन्थे । कसैले भुतप्रेत लागेर हो भनेर सुनाउँथे । कैलाली, सुर्खेत बुटवल लगायतका धेरै ठाउँमा हेरहार गरियो । धामी बसाइयो घरमा । एकैछिन सन्चो भएजस्तो हुने फेरि उस्तै ।
अब त सपना पनि मेरो बसमा थिएन । सपनामा अनेक आकृतिहरु आउन थाले । त्यसैमध्येको मुल आकृति त पुजन नै बनिदिन्थे । कहिलेकाही उनैले पुलबाट .धकेलिदिन्थे । कहिले भिर र पहाडबाट खसाइदिन्थे । कहिलेकाही मेरो शरीर काटेर तौलिन्थे तराजुमा । दुखेको पिडाबोध हुन्थ्यो । तर म देखिरहन्थें । कहिले कटिङबोर्डमा राखेर तरकारी जस्तै गरी काट्न तम्सिन्थे । कहिले विभिन्न जनावरको रुपमा झम्टिन्थे । बाघ, हात्ती, गैडा आदि मैले देखेका जनावर मै माथि जाइलाथ्थे । मलाई छिया छिया पारेर मारिदिन्थे तर पनि देखिरहन्थें म । अनि चिच्याउदैं उठ्थें । ब्युझिंदा पुजन कहिले मेरो कपाल खेलाएर बसेका हुन्थे त कैले निदाएका हुन्थे । उनको अनुहार हेर्दा माया लाग्ने भैसकेको थियो । म भन्दाबढी दुब्लाइसकेका थिए उनी ।
ज्योतिषीलाई घरमा बोलाएर ल्याउनुभयो आमाले । सबैले मानेका जैसी बा । चारैतिर नाम चलेका । सबैलाई ठ्याक्कै पुर्याउँथे रे उनले । सबैले यही सुनाइरहेका थिए । गुल्मीबाट कोहलपुर मेरै लागि बोलाइएका थिए उनी । तर मलाई उनीप्रति पनि विश्वास नै थिएन । चिना हातमा थमाएर पुजन अगाडि बसे । ‘कहिले आयौ बाबु बिदेशबाट ? कति वर्षबस्यौ त ? चारवर्षो अवधिमा घरमा कति बस्यौ ?’ यस्तै यस्तै धेरै प्रश्नहरु सोधे पुजनलाई । अनि पुर्लुक्क हेरे मैतिर । मेरो उडेको अनुहारमा केही पढ्दै थिए सायद । पैसा र फूलपाती अगाडि राखेर आमा बस्नुभयो । नजिकै दियो बालेर राखिएको थियो । जलमा चोबेको फूल समाती छेवैमा बसाए मलाई पनि ।
के के वाक्य बोले जैसी बाले नबुझिने गरी । हातका औलाहरु गन्दै केही भन्न खोज्दै थिए जैसी बा । म फ्याट्टै बोलें ‘म कहिले मर्छु जैसी बा ?’ उनले मुखमा पर्ुलक्क हेरे । मैले फेरि थपें ‘मलाई कसले मार्छ ? पुजनले ?’ मुखबाट आइहाल्यो फुत्त । पुजन मलिन भए । उनका आँखा भुँइतिर जोतिएका थिए । बिना अपराध समातिएका कैदी जस्तै । ‘सरी पुजन ।’ माफी मागिहालें । ‘कल्पना र सपनामा पुगेकी थिएँ त्यसैले ।’ उनको हात समातें । उनी केही पनि बोलेनन् । उत्तरको आशा जैसी बाबाट नै गरेका थिए सायद ।
‘तिमीलाई पुजन बाबुबाट कुनै खतरा छैन नानी । उनी त त्रि्रा संरक्षक हुन् । कुण्डलीले यही भन्छ नानी । तिम्रो आयु पुजनको भन्दा लामो छ । म ठोकेर भनिदिएँ । पत्याउनुपर्छ तिमीले । तिमीलाई असी वर्षो उमेरसम्म कुनै खतरा छैन । यही देखिन्छ यहाँ । शनी ग्रह अलि बलियो बनेर आएको छ । ग्रह दोष कटाउनुपर्छ । नानीलाई आगो, पानी वा अन्य कुनैले पनि मृत्यु गराउन सक्दैन । चाहेर यमराजले पनि । तर लामो सङ्घर्ष गर्नु छ । धेरै सहनु छ । कष्ट काट्नु छ । यही देखिन्छ चिनामा । मृत्युको दोष कतै देखिदैन ।’
‘जैसी बा रातिमा आउने सबै आकृति मेरै हुन्छन् रे । म यीनलाई आफूलाई भन्दा माया गर्छु म बाटै असुरक्षित महसुस गर्छिन् यिनी ।’ पुजनको कुरा सकिन नपाउँदै उनी बोले । ‘नानीलाई भ्रम भएको हो । सबैभन्दा बढी जसको बारेमा सोचिन्छ । जसको बारेमा कल्पना खेल्छ, सपना पनि उसैको बारेमै हुन्छ । अनिष्टको बारेमा यिनले धेरै सोचिसकिन् । तिमीलाई धेरै माया गरिन् । मृत्युसँग डराइन् । हरेक सपनामा मृत्युसँग लडाइ गरिन् । तर यति बेला मृत्युसँग पराजित गराइसकेकी छन् आफूलाई । माया र भयको फ्युजनको परिणाम हो यो ।’
उनले म तिर हेरे । म केही भन्न खोज्दै थिएँ । उनी बोलिहाले । ‘चिना राम्रो छ नानी । कसैलाई देखाउनु पर्दैन । वनको बाघले नखाएर मनको बाघले खाइसकेछ तिमीलाई । अन्तरकुन्तरको भ्रम हटाइ देऊ । कल्पना, तर्कना र सपनाले गर्दा तिम्रो दिमाग भरियो । मनले अन्य कुरा सोंच्नै सक्न छाड्यो । उही कुरा बारम्बार आउने क्रममा सत्य बन्दै गयो नानी । कल्पनामा धेरै रमाउने बानी परेछ तिमीलाई । धेरै सोच्यौ पुजनको बारेमा । कसैलाई पनि यति धेरै माया गर्नु हुँदैन नानी । धेरै हेर्यो भने आँखा पनि तिरमिर्‍याउँछन् । धेरै हिड्यो भने खुट्टा पनि लर्खराउँछन् । धेरै गह्रौ भारी बोक्यो भने पिठ्युले पनि काम गर्न छोड्छ । लगातारको गन्धले टाउको दुख्छ । रिंगटा लाग्छ । धेरै खायो भने वान्ता हुन्छ । तिमीलाई पनि सायद यस्तै भए होला नानी । तिमीहरु केटाकेटीदेखि सँगै बस्यौ । बिहेपछि पनि छुटि्टएनौ । लगातार लामो समय छुट्टै हुँदा धेरै कुराहरुमा घोत्लियौ । सबै तर्कना र कल्पनामा पुजन आए । पुजनको अनुपस्थिति तिम्रो लागि दुःखको कारक बन्यो । हुँदा हुँदा तिमी पुजनबाट नै आफूलाई खतरा ठान्ने भयौ । धेरै सोच्यौ तिमीले । कल्पनामा आउने कुरा नै सपनामा आउँछन् । कल्पनामा आएको कुराहरु सबै आफ्ना अगाडि आएको महसुस हुन्छ । सत्य लाग्छ । तिमीले आफूलाई सम्झाउनर्ुपर्छ नानी ।’
ग्रह पूजाको लगन हेरेर जैसी बा फर्के । मलाई बेचैनी छँदै थियो ।
पुजन कोरिया गएपछि सारै आत्तिएकी थिएँ । एक्लै रात बिताउने बानी परेको थिएन । उनी बिनाका रात निकै लामा लाग्थे । कहिलेकाही झयालबाट बाहिर हेरेरै उज्यालो हुन्थ्यो । काम गर्न गएका कतिको बिदेशमा ज्यान गएका समाचारहरु आउँथे । रातो बाकसले रातो सिन्दुर पुछिदिन्थ्यो कतिको । सपना बोकेर बिदेश पसेकाहरु चेतनाबिहिन बनेर फर्केको देख्दा तर्सन्थंे म । मेरो पनि डर त्यहि थियो । कहिलेकाही त आधा रातमा फोन गर्थें मैले । उनले सम्झाउँथे । म सम्भिmएजस्तै गरी फोन राखिदिन्थंे ।
अहिले पनि मेरो बानीमा सुधार आएको थिएन । कल्पना र तर्कनाले छाडेका थिएनन् । धेरै दिन पछि पुजन घुम्न निस्किएका थिए । ‘डिप्रशनको कारणले यस्तो हुन्छ । मनमा नानाथरी कुरा खेलाएर हो । तिमी साथमा थिएनौ । भाउजूको सोचाइ नकारात्मक हुँदै गयो । त्यसैको परिणाम हो यो ।’ साथीहरुले यस्तै कुरा गरेछन् ।
उनी घर आए । कपडा फेरे । दराजबाट मेरा कपडा निकाले । लगाउन आदेश दिए । म ‘किन -‘ भन्दै थिएँ । उत्तर नदिएर छिटो मात्र भने । कपडा लगाउँदै थिएँ । घर अगाडि ट्याक्सी आइपुग्यो । म चुपचाप राँझा विमानस्थल पुगें । एकै छिनमा काठमाडौं ग्रान्डी अस्पलाल पुर्‍याए । अस्पतालमा सबै चेकजाँच भयो । तीन दिनमा रिपोर्ट आयो । आन्तरिक रुपमा कुनै असर देखिएन यस पटक पनि । तर पुरै ड्रि्रेसनमा पुगेको जानकारी दिए डाक्टरले । म मान्न तयार थिइन तर औषधि लेखिदिए । पन्ध्र दिनमा पुनः जाँच गर्ने गरी फिर्ता पठाए डाक्टरले ।
पन्ध्र दिन काठमाडौंको बसाइ हुने भयो । मलाई दोस्रो तेस्रो दिनमा अलि आराम भएजस्तो भयो । एकहप्तासम्म त निकै फ्रेस महसुस गरें । पुजन प्रतिको विश्वास पनि अलि बढेर आयो । पुनः चेक गरेपछि औषधि लिएर घर फर्किएँ । पुजन केही ढुक्क हुन थालेका थिए । सपनामा घरिघरी झस्कन्थें । पुरै डर हराएको थिएन । ज्योतिष बाले भने झैं ग्रहदसा मनाउने काम पनि गरियो । भने जति र सुने जतिका सबै विधिविधान गर्न बाँकि थिएनन् । पूजाआजा र ग्रहदसामा पटक्कै विश्वास नगर्ने म आजित भएर जेजे भन्थें सबै मान्न थालेकी थिएं ।
पुजनले मेरो सिरानी मुनी ठूलो दाउ राखिदिएका थिए । सिरानीमा फलाम राखेर सुतेमा डर लाग्दैन, सपना नराम्रा देखिदैन भनेर जैसी बाले सिकाएका थिए । हुन पनि केही दिनदेखि डरलाग्दा सपनाहरु कम देख्न थालेकी थिएँ ।
आजकल म अलि शान्त थिएँ । फुकफाकले काम गर्दै थियो वा औषधिले – म अनभिज्ञ थिएँ । आमाको आग्रहमा ग्रहदसा मनाउने काम हुदै थियो भने पुजनको आग्रहमा औषधि खाने काम । जसरी पनि औषधि नछोड्ने बाचा गराएका थिए । उनैको निगरानीमा औषधि खान्थें । मेरो निग्रानीमा हप्तौं अनिदो बस्ने गरेका पुजन ढुक्कले निदाउँन थालेका थिए ।
एक रात अचम्म भयो । तन्द्रा मै थिएँ । पुरानो सपना दोहोरिएर आयो । एक आकृतिले मलाई एक्कासी झम्टियो । उसका मुखमा आज दाह्रा थिए । कपाल लामो थियो । मान्छे भित्रको फरक आकृति । बाघ, हात्ती, सिँह लगायतका धेरै जनावर उसको पछाडि थिए । कुनैले हात त कुनैले मेरो खुट्टा समाते । घिर्सार्न खोज्दै थिए । म जोगिन खोजिरहेकी थिएँ । मैले आफूलाई बचाउन खोज्दै थिएँ । छट्पटाउने क्रममा मेरो हात सिरानी मुनिको दाउमा पुगेछ । सोही दाउ समातेर सुतिरहेका पुजनको टाउकोमा लगातार बजारिरहें । उनको रगताम्य शरीर देखेर मेरो होश खुल्यो । उनले ऐया पनि भन्न पाएनन् । उनको टाउको हर्ेर्नै नमिल्ने गरी छियाछिया भएको थियो । म चिच्याएर उठें । आमा दौडेर भित्र पस्नुभयो तर ढोका अगाडि नै ढल्नुभयो । मैले मेरै दिदीलाई फोन गरेर भनिदिएँ । प्रहरी आए । मलाई केरकार गर्नुपर्ने केही थिएन । उनीहरुको अगाडि र्छलङ्ग थियो सबै । मेरा हातमा हत्कडी लगाए । म सरासर हिडिदिएँ । मेरो मुटुको टुक्रा थिए उनी जसलाई मेरो अन्धोपनले र्सवनाश पारिदिएको थियो ।’
उनी केही बेर केही बोलिनन् । चुपचाप टोलाई मात्रै रहिन् । केही समयपछि टाउको समातिन् र जोडले कपाल तानिन् । मेरो जिज्ञासा मेटिइसकेको थियो । थप कुरा सोध्नु आवश्यक थिएन । ‘घाउ कोट्टाएर दुखी बनाएँ ।’ मेरा कुराले सम्हालिन खोजिन् । ‘अब मैले दुःख मानेर केही हुनेवाला छैन । पछुतो मानेर पुजनलाई पाउने पनि हैन मैले । हुनेहार दैव नटार भने झैं भयो मलाई । यो घटना पछि सदा झैं सपनामा आउने घटना कहिल्यै दोहोरिएको छैन । म अहिले ठिक छु । जेल बाहिरको संसार अब मेरो होइन । अब आफूलाई सम्हाल्नु बाहेक कुनै बिकल्प पनि त छैन ।’ उठ्न हतारो गर्दै भनिन् ‘हामी जाऊँ -‘ म हेरिरहें । उनको अनुहार उस्तै बन्यो आउँदा जस्तो थियो । आँखा उस्तै थिए । पुलिसले इसारा गर्‍यो । उनीहरु उठेर हिडे । म एकछिन् त्यही बसिरहें ।
उनले किन त्यस्ता सपना देखिन् ? पुजनको मृत्युपछि किन त्यस्ता सपना देखिनन् ? उनको खास रोग के थियो ? यावत प्रश्नहरु मनमा खेलिरहेका छन् । धेरै दिनदेखि जेलवाली मनमा बसेकी छन् । आँखा वरिपरि घुमिरहेकी छन् ।

-सुमित्रा न्यौपान

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *