बहरबद्ध गजल

Spread the love
Taranath, Bhandari, तारानाथ भण्डारी , pallawa, पल्लव

तारानाथ भण्डारी

तिमी टल्कने स्वर्ण भैँको धुलो म ।
कहाँ बन्न सक्थेँ र सानो-ठुलो म ।।

म नै जाउँला है त मेला र पात ।
तिमी जिन्दगी हौ र तिम्रो चुलो म ।।

जलाएर भाग्यौ मलाई तिमीले ।
जलाई कहाँ जल्छु पक्की कुलो म ।।

 

तिमीले नशामा निशानी गुमायौ ।
उचाल्छौ पछार्छौ अभागी तुलो म ।।

कहाँ सम्मको एकलौटी छ तिम्रो ।
मुहानै थुनेको अँध्यारो दुलो म ।।

छन्द: भुजङ्गप्रयात, बहरे मुतकारिव मुसम्मन् सालिम ।
सूत्र : ISS, फऊलुन् × ४
तारानाथ भण्डारी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *