*गजल*

Spread the love
Dev, Raj, Joshi, देवराज जोशी"खाल्टेली", pallawa, पल्लव

देवराज जोशी”खाल्टेली”

आईदिन्छन कोही नयनमा, झलमल हाँसो वनेर
गईदिन्छन कोही क्षितिजमा, टलपल आँसु वनेर ।।

आउनु र जानुको नियतीमा, जीवन वगाई खहरे
जलन वीचमा विछोड पीडा, झलझल राँको वनेर ।।

नहर खनाई आसमा सिँचाई, टारीखेत उव्जाउमा
अवरोध अनगिन्ती नहरमा, हलचल बाँझो वनेर ।।

 

जूनको उदय आगमन सुख, वादलु दुश्मन वीचमा
उल्टै पाईला फिर्ता आगमन, अलमल साँचो वनेर ।।

तृष्णा सिमसिमेको शितलता, घनघोर वर्षा चापमा
गमन तृष्णा हृदय शूल उठाई, हरपल खाँचो वनेर ।।

— देवराज जोशी “खाल्टेली”
श्रावण ११,२०७४

Leave a Reply

Your email address will not be published. Required fields are marked *