बहरबद्ध गजल

Spread the love
Sharada, Paudel, शारदा पाैडेल, pallawa,पल्लव

शारदा पाैडेल

यहाँ को छ मान्छे सुखैमा जिएको
सबै आशमा नै रहेछन् खिएको ।

कहाँ खोज्नु मैले वचनको दवाई
हियाभित्र ठूलो छ कब्जा लिएको ।

न मीठो छ बोली न आशा भरोसा
हिजोआज धेरै छ पीडा दिएको ।

 

नटालेर खप्ने न फाटेर जाने
भयो व्यर्थ मैले मनैले सिएको ।

व्यथा पीर सारा कसोरी म भुल्नु
त्यसैले त मैले छु थोरै पिएको ।।

छन्द: भुजङ्गप्रयात, बहरे मुतकारिव मुसम्मन् सालिम ।
सूत्र : ISS, फऊलुन् × ४

Leave a Reply

Your email address will not be published. Required fields are marked *