गजल

Chhiring, Sherpa, Solu, छिरिङ शेर्पा अविरल , pallawa, पल्लव

छिरिङ शेर्पा अविरल

फुल जस्तै कोमल लाग्छ अभोध मुस्कानहरू
खुशी हेर अनमोल लाग्छ अभोध मुस्कानहरू ।

रहर भित्र खुशी लेख्छन कतै सुसेल्छ पखेरीमा
पात झै कस्तो नरम लाग्छ अभोध मुस्कानहरू ।

हेरिरहन्छ ती लुकि लुकि लुकामारी खेले जस्तै
आफै भित्र नै सरम लाग्छ अभोध मुस्कानहरू ।

 

दीप बले जस्तै उज्यालो सधै साझ ढले पनि
जुन जस्तै झुले झै लाग्छ अभोध मुस्कानहरू ।

रमाउछ्न पो पखेरीमा सधै सधै मन गले पनि
फुल जस्तै फुले झै लाग्छ अभोध मुस्कानहरू ।

छिरिङ शेर्पा अविरल
२०७४/०४/११

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *