गजल

Ganesh, Bhandari, Smarika, गणेश भण्डारी ‘स्मारिका’, pallawa, पल्लव

गणेश भण्डारी ‘स्मारिका’

मेलापात गरेको याद आउँछ अझैसम्म ।
संगै बेंसी झरेको याद आउँछ अझैसम्म ।१।

सुरुकै दिनमा लजाएर आएपछि बाटोमा ।
तिमी उता सरेको याद आउँछ अझैसम्म ।२।

पाको किसानले उत्पादनको बिउ छरे झै ।
माया प्रिती छरेको याद आउँछ अझैसम्म ।३।

 

मेरा मनका भावना पोख्न भनी तिमी सामु ।
मनको घडा भरेको याद आउँछ अझैसम्म ।४।

बहानामा घर छोडी भेट्थे तिम्रो दाजुलाई ।
आफ्ना संग डरेको याद आउँछ अझैसम्म ।५।

मुस्कुराउदै सहयोगको आशा राखी मनमा ।
साथै खोला तरेको याद आउँछ अझैसम्म ।६।

थर्काउने बहानामा यति सम्म गर्थ्यौ तिमी ।
खाना नखाई धरेको याद आउँछ अझैसम्म ।७।

गणेश भण्डारी स्मारिका
वीरेन्द्रनगर नगरपालिका १२ सुर्खेत

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *