बहरबद्ध गजल

Spread the love
Mahadev, Adhikari, महादेव अधिकारी, pallawa, पल्लव

महादेव अधिकारी

वडवानल झै मनमा छ तृषा।
हरूवा, सरुवा जनमा छ तृषा।।

यसरी उसरी जसरी म चलूँ।
पथरा अलिनो पनमा छ तृषा।।

करिया, भरिया खुजुरा नहुँदा ।
सुनका गहना धनमा छ तृषा।।

 

गुनिलो उपकार भएर पनि ।
गुमनाम हुने तनमा छ तृषा।।

घरवार बिना अविवाद हुने।
ऋषिको कुटुरो वनमा छ तृषा।।

छन्द तोटक

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *