गजल

Honey, Khyam, Chamlagain, ख्याम चौलागार्इं, pallawa,पल्लव

ख्याम चौलागार्इं

एक युवक गाऊ छोडि शहर आयो
पछि युवकलाई बिदेसिने रहर आयो

प्रशस्त धन हुन्छ भन्ने सुनेर मनमा
सपनाको मिठो मिठो लहर आयो

गरिबि बाट छुटकारा पाउने सोचले
बिदेसिने उसको मनमा ठहर आयो

 


ठगीमा पर्यो जब दलालको अनि
मर्ने सोच आई हातमा जहर आयो

त्याग्यो संसार जुन दिन त्यसपछि
परिवारमा दुखै दुखको प्रहर आयो ।

बोनसमा दुर्इ मुक्तक पनि
विस्वास गर्दा घात दिइ
शिर दिदा लात दिइ
दिए प्यार बदलामा
चोटै चोटको खात दिइ

गलत काममा गालि चाहियो हजुर
राम्रो काममा तालि चाहियो हजुर
मलाई मेरो बुढिनै ठिक अनि प्यारों
भन्दिन मलाई सालि चाहियो हजुर

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *