बाध्यता . . . . .

Spread the love
gyanendra, bahadur, singh, ज्ञानेन्द्र बहादुर सिंह,pallawa, पल्लव

ज्ञानेन्द्र बहादुर सिंह

आफ्नो देश बसेर काम नहुँदा चिन्ता लिदै लोकले ।
छोड्ने गर्दछ प्यार वैभव सबै आक्रान्त भै भोकले ।।
बाआमा घरमा निराश मन भै एक्लै बसे तापनि।
जानै पर्छ विदेश त्यागी ममता अत्यन्त दु:खी बनी १।।

सम्झेरै अति श्रीमती मनमनै छोरा र छोरी पनि ।
पैले ईश्वर सम्झदै हर घडी रक्षा गरे है भनी ।।
जो छोडेर गए निकै बह सँगै चिन्ता हुँदै बाँच्दछन् ।
कोही हुन्न बिदेशमा विकल ती माया कता साँच्दछ्न् २

 

लौ देऊ न भिसा विदेश तिरको भन्दै गुहार्दै गए।
पापी भो किन म्यानपावर यहाँ बुझ्नै नसक्ने भए।
यस्तै खेल गरेर नै सहरमा बस्छन् नि जाली हरू ।
स्वार्थी छैन पटक्क झैं गरि सधैं पैसा हसुर्छन् अरु।३।।

गार्‍हो हुन्छ सकिन्न काम सहजै जिम्मा कठै भ्याउन ।
धेरै दु:ख गरेर मिल्छ रुपियाँ गाह्रो छ थन्क्याउन ।।
सास्ती मिल्छ सदैब अन्त रहँदा डाका तथा चोरले ।
भागौं झैं अति लाग्छ पो जब त्यहाँ थर्काउदा जोरले।।

छ्न्दः शार्दूलविक्रीडित

Leave a Reply

Your email address will not be published. Required fields are marked *