माया रार्इका केही मुक्तकहरूः

Spread the love
Maya, Raee, Rai, माया रार्इ, pallawa, पल्लव

माया रार्इ

एक्लै पनि मेलापात धाउनु हुन्छ,आमा
चट्टै परि गुन्यो,चोलि लाउनु हुन्छ,आमा
दुख सुख पिडाको भुमरिमा परेपनि,
जिन्दागानि संघर्ष भनी मान्नु हुन्छ,आमा

म देखि गरेको तिमीले आस धेरै छ।
नहुनु पर्ने कुराहरू खास धेरै छ।
आफ्नै कुरा सहि मान्छौ,कसरी चल्ला खै,
आज भोलि त तिम्रो वक्वास धेरै छ।

 

अझै चाहा छ,हातमा किताब समाई हिड्न ।
संघर्ष मै,गन्तव्य को शिखर चुम्न ।
सहयात्री संग दोबाटो मै छुट्टिनु परेपछि ।
सिक्नै पर्ने कुरा भएछ,एक्लै रमाईदिन।

नियम सबैले मान्दै जानुपर्छ ।
अन्याय होला छान्दै जानुपर्छ।
साझा कानुन अब बनिसक्यो।
भेदभाव छैन है भन्दै जानुपर्छ ।

अभावले जिउन जानियो ।
स-सानो कुरामा खुसि मानियो ।
जब शोकले व्याकुल थिए ।
पछि सहनुभुति दिन जानियो ।

नमिले दिक्क पक्कै नमान्नु है, दाजु
अञ्जान सम्झि पराई नठान्नु है,दाजु
सिकारु कहि उल्टो पाल्टो हुनसक्छ ।
कस्ति रैछे,नक्कली नभन्नु है,दाजु

Maya Raee

Leave a Reply

Your email address will not be published. Required fields are marked *