मोती प्रकाश शर्माका जोर गजल

Spread the love
Moti, Prakash, Sharma, मोतिप्रकाश शर्मा , pallawa, पल्लव

मोतिप्रकाश शर्मा

गजल– १,
कस्को लागी मध्य रात जागी रह्यौ।
निभ्दै थियो दियो तेल हाली रह्यौ।

बाहिर जादाँ ती ढोका खुल्लै थिए
सोध्न खोज्दा अलमल पारी रह्यौ।

सायद वैंसको मात बढ्दै थियो
पिउदा प्याला हात समाती रह्यौ।

 

लठ्ठ भएछु म खै के के पिलाई
मेट्यौ की तृष्णा नजर ढाकी रह्यौ।

कोही छ यो दिलमा “प्रकाश” छर्ने
बिन्ती गरेर छातीमा टासी रह्यौ ।।

गजल– २,
बाँच्ने रहर मर्दैछ बिन्ती पत्र हाले हुन्छ।
कहर भए जिन्दगी मेरो माया टाले हुन्छ।

प्यार सम्झी पिईदिए रैछ बीषको प्याला
पीडा हुदैछ मुटुमा घाटै लगी फाले हुन्छ।

संगै हुँदा आँखा तर्यौ अब किन दुःख गर्नु
वर देखी पर सम्म लाख बत्ती बाले हुन्छ।

नौलानौला ती सपना कतै अधुरा होलान
मनभरी खुसी छरी बाटो उतै चाले हुन्छ।

उज्यालो छर्छ “प्रकाश” जती पीर परे पनि
दोमन नगर तिमी खुडाँ बोकी ढाले हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *