“पैसा सँग मेरो प्रेम सम्बन्ध”

D., B. Ksrki, Byanjan, डि.बि. कार्की ‘ब्यञ्जन’, pallawa, पल्लव

डि.बि. कार्की ‘ब्यञ्जन’

बर्षौ भयो यार
तिमी सँग मेरो
एकोहोरो माया बसेको

यो प्रेम युद्ध हो
जित्नु पर्छ मैले
पाउनु पर्छ तिमिलाई
यो संकल्प बिकेर
तिमिलाई पाउने आसमा

कत्ति रोएँ बा..
आमाको काखमा
कत्ति च्यातेँ बा…..को
कोटको गोजि
कत्ति उधारेँ आमाको थैली

 

अज्ञानि सँग प्रेम गर्दिनौ
भन्ने स्विको पाए पछि
बिद्दान, ज्ञानि बन्न
कत्ति धाए स्कुल ,क्याम्पस
हातमा प्रमाणपत्र बोकेर
जागिर,जागिर भन्दै
कत्ती भौतारिएँ म

दुनियाँको नजरमा
छर्लङ्ग छ यो चित्र
तिमी पछाडी मेरो चरीत्र

तिमिलाई पाउने आशमा
ज्यान बाजि राखेर
कैले राजनीति गरेँ
कैले कुटनैतिक गरेँ
कैले गुन्डागर्दी गर्नपनी
पछि परिन म आखिर

कैले झण्डा र बन्दुक बोकेर
जन योद्धा बने
कुनै पल झोला बोकेर
जहाज चडेर मुग्लान पनि
नपुगेको होइन म

गैती र बेल्चाको बिँड
समातेर ५५डिग्रीको तातो
घाममा पसिनाले शरीर
लुथ्रुक्क भिजाएँ

कुनै साँझ कुनै रात
सडकमा आफ्नै जवानी बेचे
तिम्रो अमुल्य अनुहार
सक्षात्कार पाउन कयौँ पल्ट
मालिकलाई ढोग गरेँ

कैले गायक बनेँ
कैले नायक बने
कैले लेखक बने
कैले सारंगी बने
कैले मुरली बने
कैले जोगि बने
कैले पागल बने पनि

तर अँहँ रति बुझिनौ
तिमी प्रती मेरो समर्पित
खै कस्तो कट्पुतलि
प्रेम सम्बन्ध हो
म सँग तिम्रो

घरी पाए जस्तो
घरी गुमाए जस्तो
घरी आए जस्तो
घरी गए जस्तो
घरी आफ्नो जस्तो
घरी पराई जस्तो

रति घडी फुर्सद छैन मलाई
तिम्रो प्रेममा परे देखि
तिम्रो र मेरो प्रेम सफल पार्ने
बाजिको दौडानमा
म थाकेर शिथिल भएछु

अनि मैले मेरो जिन्दगीको
ऎना ,दर्पण हेरे
म त साँच्चै बर्बाद भएँछु
मेरो अनुहार कुरुप भै सकेछ
म साँच्चै बूढो भै सकेछु

तिम्रो पछि लाग्नाले
बिराना भएछन् आफन्त पनि
बिर्सिएछन साथी संगिले पनि
छोडेर गएछ मलाई समयले पनि

बा को अधुरो सपना
पूरा गर्छु भन्दै आशाको भारी
ढाकरमा बोकेर छोरो
अमेरिका गयो
छोरि अष्ट्रेलिया

म अहिले बृद्धआश्थामा छु
र पनि तिम्रै अभाव
खट्की रहन्छ मेरो जिन्दगीमा

मेरो पुरै जिबन तिम्रो
प्रेम प्रती अर्पण छ
न त पाएर भरपुर सन्तुष्टि छ
न त नपाएर आनन्द
खै कस्तो माया बस्यो
तिमी सँग मेरो //

डि.बि. कार्की व्यञ्जन
उदयपुर ताम्लिछा४
हाल काठ्माण्डु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.