गजल

Spread the love
Jhalak, Upadhaya, Badal, झलक उपाध्याय ‘बादल, pallawa, पल्लव

झलक उपाध्याय ‘बादल’

ए केही त कुराहरूहाम्रा नि माने के हुन्छ ।
केटुलि हो सेल्फिमा थुतुनु नताने के हुन्छ ।।

दिउसै भुतिनी बनेर हिड्नु भन्दा ।
तिम्रा ती जिकिल्टा बाने के हुन्छ ।।

दिनहु विचरा bf को खेलो गर्नु भन्दा ।
सधैंभरि लाई एक छोरेट्टो छाने के हुन्छ ।।

 

कति सिकाउनु म बूढो कराई कराई ।
अलिअलि त आफै पनि जाने के हुन्छ ।।

ए केही त कुराहरूहाम्रा नि माने के हुन्छ ।
केटुलि हो सेल्फिमा थुतुनु नताने के हुन्छ ।।

‘बादल’, चुरेपारि बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *