गजल

Spread the love
Hemraj, Pokharel, हेमराज पोखरेल, pallawa, पल्लव

हेमराज पोखरेल

सोह्र श्रृङ्गारमा सजिएर सिउँदो यसै खाली राखी
देउता पुजि फर्के भन्छिन तेलमा दियो बाली राखी

सु स्वास्थ्य र दिर्घायु को गरें भन्थिन कामना
देउता सामु आँखा चिम्ली कोइलामा धुप हाली राखी

धेरै गरें तिर्थ व्रत भाकल पनि गरें भन्छिन
छिटै भेट्न पाउँ भनी मनमा आसा पाली राखी

 

जिस्क्याउदै सङिनीले के वर मागिस भन्छ्न अरे
मन्दिर देखि फर्की आउँदा हातमा फुलको थाली राखी

आज सम्म पर्खी बस्यौ अझै पर्ख दुईटा बर्ष
रङाउने छु तिम्रो सिउँदो दाहिने पट्टि साली राखी

Hemraj Pokharel

Leave a Reply

Your email address will not be published. Required fields are marked *