गजल

Spread the love
D., B. Ksrki, Byanjan, डि.बि. कार्की ‘ब्यञ्जन’, pallawa, पल्लव

डि.बि. कार्की ‘ब्यञ्जन’

कतै जीत हजुर कतै हार भा’छ रे
यहि एउटा काम बार-बार भा’छ रे ।

जित्नेको त भाग्य पैरियो अबिरले
हार्नेको घरमा हाहा-कार भा छ रे|

उत्सव भन्दै जनता जुलुसमा छन
उता दरबारमा भ्रष्टा-चार भा’छ रे ।

 

धनिको छोरिले गर्दा चलचित्र हुने
गरिबले गर्दा देह ब्या-पार भा’छ रे ।

विश्व धुने पानी भएको देश छोडेर
कर्मभुमि उस्को त क-तार भा’छ रे ।

मरुभूमिमा एक्लै तट्पिदा मेरो दिल
उस्को दिल्मा प्रेम बजार भा’छ रे ।

खै किन हो? यता घन्काउँछन नारा
उता सिमाना अत्याचार भा’छ रे ।

डि.बि. कार्की ‘ब्यञ्जन’
उदयपुर ताम्लिछा– ४, हालः काठ्माण्डु

Leave a Reply

Your email address will not be published. Required fields are marked *