“भोलिको सपना”

Gaurav, Nawin , गौरव नबिन, pallawa, पल्लव

गौरव नबिन

बिहानी पख बाबु भनी, नबोलाउनु अब
मीठोमीठो खाना छानी, नबोलाउनु अब

दुःख सुःख स्वर्गमा बिसाउने भए
साथीभाइ आफन्तजन छाडी गए
हृदयमा कञ्चन भई बस्न नसक्ने भएछु
दुनियाँमा सज्जन भई बस्न नसकी गएछु

रोलान् मेरो घरमा सबै, नबोलाउनु अब
गर्लान् तीता वाचन जसै, नबोलाउनु अब ।

 

इज्जत कमाउने रहर सबै, मारेर गयो
रुष्ट दुनियाँसँग प्रहर अन्तै, सारेर लयो ।

कवि गाैरव सुनौला अक्षरले, कोर्न चाहान्थे
बहकाइ कवितामा हृद्हरू, चोर्न चाहान्थे
अधुरो सपना पुरा भएन, भनी नसुनाउनु
पापी दैवले स्वर्गमा लएन, भनी नसुनाउनु ।

रुवाएर गइस् किन ?, प्रश्न गर्लान् सबै
मन लागेन रे यहाँ, बस्न भन्दिनु जसै
असल थियो साच्चै गौरव, नबोलाउनु अब
चाहाना थियो गर्ने पौरख, नबोलाउनु अब ।

इज्जतको सपना अपूर्ण भयो, नबोलाउनु अब
धर्ती छाडी जहाँ ऊ गयो गयो, नबोलाउनु अब ।

Gaurav Nawin

One thought on ““भोलिको सपना”


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.