‘म र मेरो माटो’

Maiya, Subedi, Pokhara, मैया सुवेदी, pallawa, पल्लव

मैया सुवेदी

जति बेला जीवन
साँचो र पुर्ण थियो
त्यति बेला थिएन
मान्छेसँग आदर्श
र पनि
निश्चल,निष्कपट र स्वतन्त्र
थियो मेरो बाल्यकाल ।

सम्झिदा अनौठो लाग्छ
छचल्किन्छन् आँसुका बुँदहरु
किन की
यो मेरो माटोको आत्मकथा हो ।

मडारिँदै बादलका झोक्काहरूआकाशमा
धर्ती घोल्दै विध्वंसको खरानी
कुना कुनामा छर्यो सुवास
मैले त्यसैबाट सिक्न पाएँ
प्रेम,मानवता
र शान्तिको प्रेरणा ।

जीवन भोग्दै गर्दा
हृदयमा उत्त्पन्न हुने अहम
महत्वाकांक्षाले मान्छे बन्न जाँदो रहेट निच,
र मैले देँखे
पतित बन्दै गरेको आकृतिहरु
र पनि कसैको हत्या गर्दैमा
न्याय र स्वतन्त्रता मर्दैन
त्यसैले भन्न सकिन्छ
केवल माया माटोको गर
जहाँ मेलमिलाप र भाइचाराको सम्बन्ध
घोलिएको हुन्छ ।

कहिलेकाँही
माटोसंग खेल्दै गर्दा
बाल्यकालको यादले
गुटमुटिन पुग्छ मन
याद आउने गर्दछ
चिप्लेटी खेल्ने रातोमाटो
पौडी खेलिने मिदिमे खोला
जो नाघ्न सकिन्छ हिँउदमा
र वर्षायाममा देखाउँछ यसले आफ्नो यौवन ।

आकाश बिशाल थियो र छ
क्षितिज महान थियो र छ
यो धर्ती मलाई मेरी आमाले दिएको
जन्मदिनको उपहार हो
त्यसैले यो माटो
अस्मिता हो आमाको
जसको आधारमा म बाच्ने गर्दछु
अनि वंश धान्ने गर्दछु
त्यसैले त मेरो
माटोसंग अटुट नाता छ
सदियौ देखि
र रहने छ युग युग सम्म।

– मैया सुवेदी
२०७४असार ३०, पोखरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.