गजल

Spread the love
Gaurav, Nawin , गौरव नबिन, pallawa, पल्लव

गौरव नबिन

हर अभावको अघि जित शान भैदियो
मायाको अघि समय बलवान् भैदियो

रहर दुबैको हुदा हुदै पनि घरमा
भाग्य फुटी उसको मेरो चिहान भैदियो

हृद् टुट्नु विवश बनायो हामीलाई
दोधार विवश शत्रु लाई बान भैदियो

 

अनेकौं सपना बुनि गरेको माया पनि
मिलन विछोड दुःख ठट्टाको तान भैदियो

धैर्य गरि समयको पर्खाइमा तगारो
जातभात एक अग्रज समान भैदियो

कञ्चन मायाको इतिहास रच्न जसै म
राजकुमार ठानी रानिको खान भैदियो

Gaurav Nawin
Arghakhanchi

Leave a Reply

Your email address will not be published. Required fields are marked *