गजल

Sahitya, Premi, Sangam, Ghimire, साहित्य प्रेमी संगम घिमिरे , pallawa, पल्लव

साहित्य प्रेमी संगम घिमिरे

अचम्म अचम्मका हुदारहेछन ठुला मान्छेहरू ।
अँह बुझ्दैनन कति सानाको मन ठुला मान्छेहरू ।

बुढा बाआमालाई समेत वृद्धाआश्रम पठाएर,
किन देखाउछन् खराव लक्षण ठुला मान्छेहरू ।

तिमीले यति भन मात्रै,तारा झारौ या धर्ती उचालौ,
यसरी बाँडी रहेछन, आश्वासन ठुला मान्छेहरू ।

 

मैले त्यस्तो कुनै,अनौठा सपनाहरू बोकेको छैन,
जसरी चुम्न खोजि रहेछन, गगन ठुला मान्छेहरू ।

मलाई अझैपनि झुपडीबाटै तारा हेर्न मन छ,
जबसम्म देखाउदैनन आफ्नोपन ठुला मान्छेहरू ।

म बाँच्न सक्दै सक्दिन मात्रै तिम्रो रैति बनेर पनि,
सक्छौ बन्द गरिदेउ यो धडकन् ठुला मान्छेहरू ।।

© प्रेम संगम
रुकुम
हाल: दैलेख

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.