दुर्गा तिवारीका केही मुक्तकहरूः

Durga,, Tiwari,, दुर्गा तिवारी, pallawa, पल्लव

दुर्गा तिवारी

तिम्रै छेउछाउ भको आभास गर्दैछु म
होइन! साथैपो छौ भनी दङ पर्दैछु म
मीठो अनुभूतिमै कोल्टे फेरेछु कति प्रहर
सपनिकै भएनी खयालमा रङ भर्दैछु म ।।

मेरै लागि दुई अक्षर केरिदेउ मायाले
नयनमा नयन जुधाई हेरिदेउ मायाले
गरेकिछु अनुभूति प्रेमिल भएझै प्रिय
तिम्रो त्यो अंगालोमा बेरिदेउ मायाले ।।

 

जिएछु आज बिरानो सहरमा
कल्पेर सधै अधुरा रहरमा
पालेका रहर बिख्रेर गएछन
छोडेर मुस्कान तिम्रै अधरमा ।।

बिस्तारै अब बुड्योलिले छुदैछ
आगननि अबत झन पल्लो हुदैछ
थे रहर कति यसै थांतीनै रहे
समंझेर बिगत मन अब रुँदैछ ।।

तिम्रो मन भित्र बस्नै सकिनकी
तिम्रा ती नयनमा पस्नै सकिनकि
खै के खामिया रह्यो तिमीसित मेरो
ललिते बोली धस्नै सकिनकी ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.