“गजल”– १,
किन भन्छ्यौ आफ्नो नाममा,मेरो थर हुदैन
थाहा छ त तिमिलाई,जिन्दगीको भर हुँदैन
सधै वरपिपल जस्तै भएर,हामी बाच्नुपर्छ
हेर त जहाँ पिपल छैन,त्यहा पक्कै वर हुदैन
कति खास छ्यौ मेरो लागि आफैपनि सोच्नु
म त सोच्छु तिमीबिना मेरो घर,घर हुदैन
सुख दिन नसकुला खुशी भने पक्कै दिन्छु
तिम्रो लागि ज्यानै दिन मलाई कुनै डर हुदैन
मात्र एकतर्फी माया गर्ने,मेरो अधिकार नखोस
मलाई नै माया गर भनी,अब मबाट कर हुदैन
“गजल”– २,
बगाएर कहाँ पुर्यायो गाडी जिन्दगीको
जब एक्कसी आयो बाढी जिन्दगीको
किताबी परिक्षामा जहिल्यै प्रथम भए
तर सधै म किन पछाडी जिन्दगीको
मैले हो अरबलाई सुन्दर बनाईदिएको
फेरि सधै कुरुप रह्यो खाडी जिन्दगीको
जब सुन्यो आमाले सास छोड्नुभयो
छोराको पनि छुट्यो नाडी जिन्दगीको
धन ठूलो कि जीवन ठूलो भन्ने बिषयमा
उ धनको अनि म भए वादी जिन्दगीको
बोनसमा एक मुक्तक
खै कस्तो कस्तो उसको प्रभाव परिरहेछ
पानीलाई पनि त माछीको अभाव परिरहेछ ।
फुलको रसबाट टाढा भएर बाच्न भमरालाई
आज त्यो फुलहरुबाट निकै दबाब परिरहेछ ।
केशु खण्डलुक मगर
निस्दी गा.पा.-०६,पाल्पा
