“बटुवा”

Gaurav, Nawin , गौरव नबिन, pallawa, पल्लव

गौरव नबिन

कसैले ख्याल गर्दैन ढलेको बिरुवा यहाँ
कसैले हाल सोध्दैन गलेको बटुवा जहाँ
एक्लै कछुवा सरि लक्ष्य अगाल्दै छु
निडर सपुतको भावना सगाल्दै छु
कसैले ख्याल गर्दैन ढलेको बिरुवा यहाँ
कसैले हाल सोध्दैन गलेको बटुवा जहाँ

मरुभूमि मा तिर्खाउदै प्यास खोजिरहेछु
मानवता उल्झाउने सास सोधिरहेछु
एक्लै कछुवा सरि ………..
खालि पाउ यहीँ रगत बगाउदै छु
वीर गोर्खालिको इज्जत बचाउदै छु
कसैले ख्याल गर्दैन …….
कसैले हाल सोध्दैन …….

 

फरफराएको झण्डा मलिन देख्छु हेर्दा
देश बचाउन नेपाल अामा लेख्छु मर्दा
एक्लै कछुवा सरि ……….
भोलि भोलि नेताको चाल देख्दै छु
रुँहिरहेका सपुतको हाल छेक्दै छु
कसैले ख्याल गर्दैन ……
कसैले हाल सोध्दैन …….

मर्ने चिन्ता छैन देशको लागि
फाटेको हिनता छैन भेषको लागि
एक्लै कछुवा सरि…………
जब अन्याय अत्याचार नेपालीले रोकिदैन
तब देश बन्दैन जिम्मेवारी बोकिदैन
कसैले ख्याल गर्दैन …….
कसैले हाल सोध्दैन ……..

वोनसमाः एउटा मुक्तकः
साचो माया भन्ने अाज देखियो निस्टुरी
पागल हुन्छु तिमी बिना लेखियो निस्टुरी
लुकाए हाम्रो माया गाउँ परिवार सबैलाई
जति लुकाए बर्बाद भई पोखियो निस्टुरी

Gaurav Nawin
Arghakhanchi

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.